संक्रिय कोरोना संक्रमितको झण्डै आधा संख्या काठमाडौँ उपत्यकामा

काठमाडौँ । देशभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्टको संक्रमण दर बढ्दै जाँदा काठमाडौँ उपत्यकामा मात्रै सक्रिया संक्रमितको संख्या ४२ हजार २२५ पुगेको छ । पछिल्लो २४ घण्टाभित्र उपत्यकामा २ हजार ९ सय ३७ जनामा कोरोना पुष्टि भएसँगै संक्रिय संक्रमितको संख्या ४२ हजारभन्दा बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
आज सबैभन्दा धेरै कोरोना पुष्टि भएको जिल्ला काठमाडौँमा २ हजार १४६ संक्रमित भएका छन् । योसँगै काठमाडौँमा संक्रिय संक्रमितको संख्या ३० हजार १२४ पुगेको छ । यस्तै, लितपुरमा ४४४ नयाँ कोरोना संक्रमित थप हुँदै कूल संक्रिय संक्रमितको संख्या ५ हजार पुगेको छ भने भक्तपुर जिल्लामा ३४७ जना संक्रमित थपिँदै कूल संक्रिय संक्रमितको संख्या ७ हजार १०१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७४० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार १६७ जनामा कोरोना पुष्टि भएको थियो । यस्तै ५ हजार ४८८ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।
आज कोरोनाबाट निको हुने संख्यासहित देशभर कोरोना निको हुनेको कूल संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ । यस्तै, ४ लाख ४७ हजार ७०४ जना संक्रमित भएका छन् ।
यस्तै, कोरोनाबाट काठमाडौँ उपत्यकामा मात्रै १६१५ जनाले ज्यान गुमाएका छन् । जसमा काठमाडौँमा एक हजार १०१ जना रहेका छन् । यसैगरि, भक्तपुरमा २१७ जना र ललितपुरमा २९७ जनाले ज्यान गुमाएका छन् ।
गत २४ घण्टामा एक सय ८७ जनाले कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८ सय ५६ पुगेको छ ।












युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया