देशभर १७ सयभन्दा बढी कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा
मेरोन्यूज
२०७८ जेठ २ गते ११:३२

काठमाडौं । देशभर १ हजार ७ सय १ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा छन्। १ हजार ३ सय ३१ आइसीयू र ३७० जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार १ हजार ७ सय ५ संक्रमित आइसीयू र भेन्टिलेटरमा रहेका थिए।
प्रदेश १ मा १९२ आइसीयू र ५४ भेन्टिलेटरमा, प्रदेश २ मा १९९ आइसीयू र ४८ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५५४ आइसीयू र २१९ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ९८ जना आइसीयू र २० जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १४० जना आइसीयू र ११ जना भेन्टिलेटरमा, कर्णालीमा १०१ जना आइसीयू र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४७ जना आइसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
सम्बन्धित












आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज शुक्रबार, कुन राशिहरूका लागि शुभ ? हेर्नुहोस् राशिफल
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया