स्वास्थ्य सामाग्रीकाे लागि पहल गर्न राजदूतहरुलाई परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विदेशमा रहेका नेपाली कूटनीतिक नियोग र दूतावासहरुलाई स्वास्थ्य सामाग्री सहयोगका लागि पहल गर्न निर्देशन दिएका छन् ।
मन्त्री ज्ञवालीले कूटनीतिक नियोग प्रमुख र राजदुतहरुसँग भिडियो सम्मेलन गरेर खोप, अक्सिजन सम्बन्धी सामाग्री, औषधि र अन्य स्वास्थ्य सामाग्री सहयोगमा नेपाललाई सहयोग चाहेकाले अहिले भइरहेका प्रयासलाई अझ बढाउन र सहयोगका नयाँ ढोकाहरु पहिल्याउन आग्रह गरेका छन् । उनले दुईपक्षीय, बहुपक्षीय, विभिन्न सहयोगी संस्था, निजी क्षेत्र र विदेशमा रहेका नेपालीहरु मार्फत सहयोग जुटाउन आग्रह गरेका छन् ।
यस अगाडी मन्त्रालयले विदेशमा रहेका नेपाली नियोगहरुलाई आवश्यक स्वास्थ्य सामाग्रीको सूची उपलब्ध गराएको थियो । त्यसैका आधारमा सहयोगका लागि पहल गर्न मन्त्रालयले निर्देशन दिएको छ । दुतावसहरुलाई उपलक्ध गराएको लिष्टमा खोप, अक्सीजन सिलिण्डर भेन्टीलेटर, आइसिययु नेगेटिभ प्रेसर वेड, एक ठाउँबाट अर्को ठाउँमा लैजान मिल्ने डिजिटल एक्सरे मेसिन, थर्मल गन, टेष्टीङ किट, पल्स अक्सीमिटर, प्यासेन्ट मोनिटर, एन्टीजेन किट्स, पीपीई, अक्सिजन कन्सन्ट्रेटर लगायतका १४ सामाग्रीहरु रहेका छन् ।
सरकारले एक हप्तायता अन्तरराष्ट्रिय सहयोग जुटाउनको लागि पहल गरिरहेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई आपत्कालीन सहयोगको आवश्यकता रहेको विश्व समुदायलाई जानकारी गराइ सकेको छ ।
















सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
अमेरिकी लडाकू विमान राख्ने प्रस्ताव श्रीलङ्काद्वारा अस्वीकार
युद्धको ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया