स्वास्थ्य सामाग्रीकाे लागि पहल गर्न राजदूतहरुलाई परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले विदेशमा रहेका नेपाली कूटनीतिक नियोग र दूतावासहरुलाई स्वास्थ्य सामाग्री सहयोगका लागि पहल गर्न निर्देशन दिएका छन् ।
मन्त्री ज्ञवालीले कूटनीतिक नियोग प्रमुख र राजदुतहरुसँग भिडियो सम्मेलन गरेर खोप, अक्सिजन सम्बन्धी सामाग्री, औषधि र अन्य स्वास्थ्य सामाग्री सहयोगमा नेपाललाई सहयोग चाहेकाले अहिले भइरहेका प्रयासलाई अझ बढाउन र सहयोगका नयाँ ढोकाहरु पहिल्याउन आग्रह गरेका छन् । उनले दुईपक्षीय, बहुपक्षीय, विभिन्न सहयोगी संस्था, निजी क्षेत्र र विदेशमा रहेका नेपालीहरु मार्फत सहयोग जुटाउन आग्रह गरेका छन् ।
यस अगाडी मन्त्रालयले विदेशमा रहेका नेपाली नियोगहरुलाई आवश्यक स्वास्थ्य सामाग्रीको सूची उपलब्ध गराएको थियो । त्यसैका आधारमा सहयोगका लागि पहल गर्न मन्त्रालयले निर्देशन दिएको छ । दुतावसहरुलाई उपलक्ध गराएको लिष्टमा खोप, अक्सीजन सिलिण्डर भेन्टीलेटर, आइसिययु नेगेटिभ प्रेसर वेड, एक ठाउँबाट अर्को ठाउँमा लैजान मिल्ने डिजिटल एक्सरे मेसिन, थर्मल गन, टेष्टीङ किट, पल्स अक्सीमिटर, प्यासेन्ट मोनिटर, एन्टीजेन किट्स, पीपीई, अक्सिजन कन्सन्ट्रेटर लगायतका १४ सामाग्रीहरु रहेका छन् ।
सरकारले एक हप्तायता अन्तरराष्ट्रिय सहयोग जुटाउनको लागि पहल गरिरहेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई आपत्कालीन सहयोगको आवश्यकता रहेको विश्व समुदायलाई जानकारी गराइ सकेको छ ।










झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा
स्वास्थ्य परीक्षणका लागि डा. निकोलसलाई लगियो वीर अस्पताल
इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति युएईबाट पक्राउ
खण्डहरजस्तो भएको मुद्रण केन्द्रको धुलो टकटक्याएर छपाइ सुरु गरेका छौँ : सञ्चारमन्त्री खरेल
औषधि र मेडिकल सामग्री खरिद गर्दा अनिवार्य बोलपत्र आह्वान गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट
आज कात्तिक २० गते बिहिवार,कस्ताे रहला तपाइकाे दिन ?
आज रामकुमारी झाँक्रीले पत्रकार सम्मेलन गर्दै, एमालेमा फर्कने घोषणा
कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्कदै
प्रतिक्रिया