शुक्रबार, वैशाख २५, २०८३

काठको मुढाले च्यापिएर बालकको मृत्यु

मेरोन्यूज २०८३ वैशाख २५ गते ९:१४

अदानचुली (हुम्ला)- काठको मुढाले च्यापिएर एक बालकको मृत्यु भएको छ । मुढाले च्यापिएर सर्केगाड गाउँपालिका–८ का १४ वर्षीय कविन्द्र बुढाको मृत्यु भएको हो । सर्केगाड–८ स्थित निलकण्ठ आधारभुत विद्यालय फुचामा कक्षा ७ मा अध्ययनरत बुढाको भेडा चराउन गएको बेला काठको मुढाले च्यापिएर मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिए ।

Advertisement
NiccNicc

काठ चिरान गर्ने क्रममा सर्केगाड–८ का धनविर सार्की र सोही ठाउँका सुकविर सार्कीले काठको मुढा पल्टाउने क्रममा बालक बुढा मुढाले च्यापिएका थिए । उनको घट्नास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक खड्काले बताए । धनविर र सुकविरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया