प्रधानमन्त्री र माधव नेपालबीच भेटवार्ता शुरु

काठमाडौं । एमालेभित्रको विवाद मिलाउन गठन गर्ने भनिएको कार्यदल गठनका विषयमा अन्तिम टुंग्गो लगाउन प्रधानमन्त्री एवंम एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल वीच भेटवार्ता शुरु भएको छ ।
प्रधानमन्त्री ओली सीसीएमसीको बैठकमा ब्यस्त भएकाले बैठक निर्धारित समयभन्दा केही ढिला गरी शुरु भएको हो ।
भेटवार्ता प्रधानमन्त्री तथा मनित्रपरिषद्को कार्यलय सिंहदरवारमा जारी छ ।
आजको वार्ताले एमालेको विवाद समाधान गर्न कार्यदल गठन गर्ने सम्भावना रहेको नेता सुवास नेम्वाङले जानकारी दिएका छन् ।
नेताहरुका वीचमा १० सदस्यीय कार्यादल बनाउने विषयमा करिव समझदारी छ । तर कार्यदलमा प्रधानमन्त्री ओली पक्षले राख्न चाहेका नेताहरुका विषयमा भने नेपाल पक्षले चनाखो भएर हेरिरहेको छ ।
नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्तको नाममा करिव सहमति भएको छ । त्यस्तै ओलीपक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेलको नाममा छलफल छ । अन्य दुई सदस्य पूर्व माओवादी धारबाट तय गर्ने गरी प्रधानमन्त्रीले सोचेपनि त्यसमा नेपाल पक्ष त्यक्ति सन्तुष्ट देखिएको छैन ।
















कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि प्रदर्शन
इरानमाथि दबाब क्रमिक रूपमा घटाइने
निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना
इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग
वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया