कोरोना संक्रमितलाई निःशुल्क खानाको व्यवस्था

काठमाडौँ । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत कोरोना संक्रमित बिरामीलाई निःशुल्क खाना खुवाइएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना संक्रमण देखिएपछि नेपाली कांग्रेस नुवाकोट, यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्ट र ॐ आदी फाउन्डेशनको सक्रियतामा कोरोना संक्रमितलाई निःशुल्क खाना खुवाइएको हो ।
विपद्को समयमा कोरोना संक्रमित भएर अस्पताल बसेका बिरामीलाई थोरै भए पनि सहयोग पुग्ने उद्देश्यले विगत चार दिनदेखि त्रिवि शिक्षण अस्पतालमा रहेका बिरामीलाई खानाको व्यवस्था गरिएको कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए । यस्तै सोही संस्थाको सहयोगमा नुवाकोटको त्रिशूली अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित बिरामीलाई आजदेखि निःशुल्क खानाको व्यवस्था गरिएको छ ।
सभापति केसीले सम्बन्धित अस्पतालका चमेनागृहले कोरोना संक्रमित बिरामीलाई खाना खुवाउने र खाना खुवाउँदा लाग्ने आवश्यक खर्च नुवाकोट कांग्रेस, यशोदादेवी भगवानसिंह मेमोरियल ट्रष्ट र ॐ आदी फाउन्डेशनले व्यहोर्ने बताए । रासस
















FNCCI new leadership assumes office
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु
SAARC Secretary General pays courtesy call on Minister Khanal
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया