४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता

कम्तिमा ४९१ जना अफगान कैदी सहित चार हजार ७७२ जना अफगान शरणार्थी छिमेकी मुलुक पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको अधिकारीहरूले बिहीबार घोषणा गरेका छन् ।
पाकिस्तानका विभिन्न जेलहरूमा विभिद अभियोगमा कैद जिवन विताइ रहेका कैदीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाका र पूर्वी नङ्गरहार प्रान्तको तोरखाम नाका हुँदै घर फर्केको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।
यसै बीच चार हजार ७७२ जना अफगान शरणार्थीहरू बुधबार एकै दिनमा पाकिस्तानबाट आफ्नो मातृभूमि फर्केको अफगानीस्तानको पुनरागमन समस्याहरू सम्बोधन गर्ने आयोगले जनाएको छ ।
स्वदेश आइपुगे पछि, बन्दीहरूको पुनः एकीकरण समर्थनका लागि आ–आफ्नो गृह प्रान्तहरूमा सारिनु अघि तत्कालका लागि मानवीय सहायता प्राप्त गरेको जनाइएको छ ।
गत वर्ष करिब ३० लाख अफगान शरणार्थीहरू छिमेकी इरान र पाकिस्तानबाट घर फर्केको जनाइएको छ भने दुवै देशले कागजात विहीन विदेशी नागरिकहरूलाई उनीहरूको अवैध प्रवास अन्त्य गर्नको लागि र घर फर्कन आग्रह गरिरहेका छन् ।















सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
त्रिसाली मेलामा रमाउँदै यासोक
जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछः राष्ट्रपति पौडेल
पाथीभरामा टेलिकमको फोरजी सेवा सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया