आरसी मेमोरियल अस्पतालमा आइसियू शय्या जडान
मेरोन्यूज
२०७८ जेठ २ गते १८:१५

बर्दिया । बर्दिया जिल्लाको बारबर्दियामा स्थापना भएको आरसी थारू मेमोरियल नगर अस्पतालमा कार्डियाक मोनिटरसहितको स्वचालित आइसियू शय्या जडान भई सञ्चालनमा ल्याइएको छ । जिल्ला अस्पतालमा ल्याइराखिएका आइसियू शय्यालाई बारबर्दियाको नगर अस्पतालमा ल्याई जडान गरिएको हो ।
जिल्ला अस्पतालमा भने लुम्बिनी प्रदेशको सहयोगमा करीब एकहप्ता अघि ल्याइएको ती आइसियू शय्या जडान गर्न सकिएको छैन । जिल्ला अस्पतालबाट ल्याएर नगर अस्पतालले जडान गरिसकेको स्वास्थ्य शाखाका संयोजक डिल्लीराज शर्माले जानकारी गराए ।
हाल नगर अस्पतालमा उपचाररत १० बिरामीमध्ये दुई जनालाई आकस्मिक कक्षमा भर्ना गरिएको बारबर्दिया कोभिड स्रोत व्यक्ति गोविन्द पौडेलले जानकारी दिए । रासस
सम्बन्धित











नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ
महोत्तरीमा चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
ओली र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
प्रतिक्रिया