‘मिस यूनिभर्स २०२०’को उपाधि मेक्सिकोकी एन्ड्रियाको हातमा
मेरोन्यूज
२०७८ जेठ ३ गते १३:३५

काठमाडौँ । ‘मिस युनिभर्स २०२०’को उपाधि मेक्सिकोकी एन्ड्रिया मेजाले जितेकी छन् । अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगितामा सफ्टवेयर इञ्जिनियरिङमा डिग्री हासिल गरेकी यी सुन्दरीले उपाधि जितेकी हुन् ।
पूर्व मिस युनिभर्स जोजिबिनी टुञ्जीले उनलाई ताज लगाइदिएकी थिइन् । ‘यदि, तपाई देशको लिडर हुनुभयो भने कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि कस्तो कदम चाल्नुहुन्छ ?’ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिँदै उनले उपाधि जितेकी हुन् ।

यो प्रतियोगितामा नेपालकी अनिष्का शर्माले पनि सहभागिता जनाएकी थिइन् । तर, उनले उत्कृष्ट २१ औँ स्थानमा समेत पर्न सकेकी थिइनन् । ब्राजिलकी जुलिया गामा फस्ट रनरअप हुँदा पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भएकी छिन् ।
सम्बन्धित
















विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
स्रोत नखुलेको रु २७ लाखसहित दुई जना पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया