जसपा विवाद
मिल्लान् महन्थ-उपेन्द्र ?
केपी ओली र माधव नेपाल मिल्दा हामी किन नमिल्ने भन्दै जसपा शीर्ष नेताले सम्वाद गरेपनि दुवै पक्षका अडान एकताका लागि बाधक बन्दै जान थालेको छ

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) संग्लो छ की विभाजित ? पछिल्ला क्रियाकलाप हेर्दा छुट्टयाउन कठिन छ । बिहीबारदेखि आइतबारसम्म परस्परविपरीत भएका पार्टीभित्रका दृश्य÷अदृश्य घटनाले पार्टी एक रहने छनक दिन्न । २०७७ बैशाख ११ गते तत्कालिन राष्ट्रिय जनता पार्टी(राजपा) र समाजवादी पार्टीबीच एकीकरण भएर जसपा बनेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी पार्टी विभाजन गर्न लागेको भन्दै हतार –हतारमा एकता गरेका दुई पार्टीका नेताहरूबीच अहिले उनै ओलीलाई समर्थन गर्ने विषयमा मतैक्यता नहँदा फुटको संघारमा छ । एकीकरण अगाडिको राजपा प्रधानमन्त्री ओली र सत्तारुढ एमालेको पक्षमा छ । समाजवादी पार्टी प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) नजिक छ । अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह ओलीको पक्षमा खुलेर लागेका छन् । संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूह कांग्रेस र माओपादीको पक्षमा ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने घोषणा गरेबाट जसपामा विवाद चुलिएको थियो । २७ वैशाखमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिदा पूर्वराजपाका १५ सांसद तटस्थ बसे । पूर्वसमाजवादीका १५ सांसदले विश्वासको मतको विपक्षमा मतदान गरे । ओली विश्वासको मत लिन असफल भएपछि त्यसैदिन राष्ट्रपति विद्यादेवी भण्डारीले ३ दिनको समय दिएर बहुमतीय सरकार बनाउन दलहरूलाई आह्वान गरिन् । त्यो तीनदिनबीचमा जसपा विवाद झन चरमोत्कर्षमा पुग्यो ।
घटना नम्बर : १
बैशाख ३० गते बिहीबार राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि दिएको समयको अन्तिम दिन थियो । सत्तापक्षले विपक्षीलाई बहुमत पुरयाउन नदिन र विपक्षीले बहुमत पुरयाउन दौडधुप तिव्र बनाएका थिए । जसपाका दुई धारको दौडधुप पनि आफ्नै तरिकाको थियो । बिहानै ९ बजेतिर ठाकुर र महतो कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगे । त्यहाँबाट सिधै बालुवाटार आए । र कुराकानी गरेपछि केही बेरमा बबरमहलस्थित पार्टी कार्यालयमा भेला भएर केही छलफल गरेपछि ठाकुर आफ्ना सांसदहरूलाई बोकेर भक्तपुरको डेलेश्वर भिलेज रिर्सोटमा पुगे । त्यही सांसदहरूले बहुमतबाट नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता बनाएको दाबी सो समूहका नेताहरूको छ ।
उता उपेन्द्र यादवले पनि कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई देउवा निवास बुढानीलकण्ठमै भेटे । र बहुमत पु¥याउन प्रयास गर्ने भनियो । त्यसपछि आएर यादव र ठाकुरबीच कुरा त भयो तर मिलेन । यसपछि बुहमत नपुग्ने भएपछि विपक्षी थन्किए ।
ठाकुर समूहले दलको नेता महतोलाई बनाएको आधिकारिक रूपमा अझै सार्वजनिक गरेको छैन । तर, तपाई संसदीय दलको नेता बन्नुभएको हो भन्ने जिज्ञासामा महतोले आफूलाई संसदीय दलको नेता चयन गर्ने सहमति पार्टी एकताकै क्रममा भएको बताए ।
दलको विधान नै नबनेको र संसदीय दल एकीकरण भएको औपचारिक घोषणा नै नभइ कसरी दलको नेता बन्नुभयो भन्ने प्रश्नमा त्यो विषय पछि बताउला भनेर महतो पञ्छिए । शुक्रबार महतो संसदीय दलको नेता बनेको समाचार बाहिरिएपछि जसपामा त्यसदिन सन्नटा छायो । शनिबारबाट भने जसपामा गुटगत भेलाले तिव्रता पाएका छन् ।
घटना नम्बर : २
शनिबार दिउसो एक बजे यादव–भट्टराई समूहले कार्यकारिणी समितिको बैठक बोलायो । बैठकमा यादव समूहका नेताहरू सहभागी थिए । बहुमत सदस्य सहभागी भए पनि बैठक अनौपचारिक भएको सो समूहका कार्यकारिणी समितिका सदस्य कार्यालय प्रमुख समेत रहेका प्रकाश अधिकारीले जानकारी दिए । बैठकले सहमतिबिना संसदीय दलको नेता चयन गर्न नमिल्ने निष्कर्ष निकाल्यो ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै संघीय परिषद् अध्यक्ष डा.भट्टराईले संसदीय दलको विधानको प्रक्रिया पूरा नभएको र पारित पनि नभएको अवस्थामा दलको नेता चयन गरेको भन्नु हास्यास्पद भएको बताए । नेता चयनबारे दुवै पक्षले सहमति गर्नुपर्ने व्यवस्था रहेको उनले जानकारी दिए ।
घटना नं : ३
यादव समूहको कार्यकारिणी समिति बैठक बसिरहेकै बेला अर्का अध्यक्ष ठाकुरले विज्ञप्ति निकालेर पार्टीको कार्यकारिणी समिति बैठकबारे आफूलाई कुनै जानकारी नभएको उल्लेख गरे । ठाकुरले बैठक नडाकिएको दाबीसमेत गरे । ‘जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको कुनै पनि बैठक नडाकिएको र त्यस्तो जानकारीसमेत हामीलाई नभएको व्यहोरा सम्बन्धित सबैलाई स्पष्ट गरिन्छ,’ ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो ।
घटना नं : ४
कार्यकारिणी समिति बैठक पछि यादव समूहका कार्यकारिणी समिति सदस्य तथा पार्टीका कार्यालय प्रमुख प्रकाश अधिकारीले पार्टीको प्रतिनिधि सभामा ससदीय दलको नेता चयन नभएको दाबी गरे । अधिकारीले दलको समायोजन नभएको र विधान पनि नरहेको अवस्थामा एकलौटी दलको नेता चयन भयो भन्नु आश्चर्यजनक भएको उल्लेख गरे ।
पार्टीको अन्तरिम विधान २०७७ को धारा २८ को उपधारा ८ बमोजिम केन्द्रीय कार्यकारिणी समितिबाट अनुमोदित हुनु पर्ने अनिवार्य व्यवस्था रहेको र कार्यकारिणी समितिले विधान अनुमोदन नगरेको अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
घटना नं : ५
पार्टी विवाद चरमोत्कर्षमा पुगेपछि सहमतिको मिलन बिन्दु खोज्न भन्दै अध्यक्षद्वय यादव र ठाकुरबीच पार्टी कार्यालयमा वार्ता भयो । पार्टी एक रहने या नरहने भन्ने विषयमा अन्तिम भनिएको बैठकमा दुई पक्ष टसमस नभएपछि बिना निष्कर्ष सकियो ।
‘उहाँहरूबीच भएको फाइनल वार्ता सकरात्मक भएन । अब पार्टी एक रहने सम्भावना कम छ । हामीलाई त अध्यक्षज्यूबाट आफ्नो समूहमा साथीहरूलाई जसरी भएपनि जोगाउन र सकिन्छ भने अर्को पक्षलाई पनि तान्ने कोसिस गर्न निर्देशन आइसक्यो,’ ठाकुर समूहका एक वरिष्ठ नेताले भने । उनले थप प्रष्ट पार्दै भने ‘पार्टीमा विवाद कुन रूपसम्मको हो भन्ने कुरा लुकाएर पनि नलुक्ने अवस्थामा पुगिसकेको छ । अब पार्टी विभाजनतिरै अघि बढ्छ होला ।’
घटना नं : ६
दुई अध्यक्षबीचको वार्ता सफल नभएपछि सरकारले विभिन्न देशमा सिफारिस गरेका राजदूतको विषयमा आपत्ति प्रकट भए । एक समूहले प्रधानमन्त्रीलाई टेलिफोन गरेर आपत्ति जनायो भने अर्को समूहले विज्ञप्ति जारी गरेर । अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर ११ राजदूत सिफारिसबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । राजदूत सिफारिस गर्दा कम्तीमा तीन मुलुकमा आफ्नो सिफारिसमा राजदूत हुनुपर्ने भन्दै निर्णय पुनः विचार गर्न ओलीलाई आग्रह गरेको ठाकुर निकट एक नेताले जानकारी दिए । ओलीले मिलाउने बचन दिएको पनि ति नेताले बताए ।
अर्का अध्यक्ष यादवले छुट्टै वक्तव्य निकालेर राजदूत सिफारिस हाँस्यापद र पद बाँड्ने शैली भएको टिप्पणी गरेका छन् । संविधान र निर्देशिकालाई कुल्चेर यस्तो निर्णय ओलीबाट आउनु अस्वभाविक नभएको भन्दै यादवले प्रधानमन्त्रीले मुलुकको इज्जत र प्रतिष्ठाको ख्याल प्रधानमन्त्रीले नगरेको बताए । यादव पूर्वपरराष्ट्रमन्त्री पनि हुन् ।
पार्टी फुट्नै लागेको हो भन्ने प्रश्नमा पूर्व राजपाका अध्यक्ष मण्डलका एक सदस्यले आफूहरू त पुरानै पार्टीलाई ब्युताउने कसरतमा लागिसकेको बताए । ‘हामी त पुरानो पार्टीका संरचना र साथीहरूलाई एकत्रित गर्ने प्रयासमा लागिसक्यौं । मिल्ने सम्भावना सकियो भनेर अध्यक्षज्यूले आइतबार दुई अध्यक्षबीच भएको छलफल पछि भनेपछि हामी त गृहकार्यमा लागिसक्यौ,’ उनले भने ।
यता यादव समूह भने आफूहरूसँग कार्यकारिणी समितिमा बहुमत रहेकोले संसदीय दलमा जसरी पनि बहुमत पुरयाउने र कारबाही गर्ने रणनीतिमा लागिरहेको छ । उसको यो योजना तत्काल सफल हुने सम्भावना देखिन्न । किनकि सत्तामा गएमा केही पाइन्छ कि भन्ने आशमा सांसदहरू छन् । ‘हाम्रो योजना त संसदीय दलमा पनि बहुमत पुरयाएर कारबाही गर्ने हो । तर, तत्काल त्यो सम्भावना देखिएको छैन । तर प्रयास भने जारी छ,’ यादव निकट एक नेताले भने ।
ओली र नेपाल त मिल्न सक्छन भने हामी किन मिल्न नसक्ने ? जसपाका दुई अध्यक्षका वीचमा सम्वाद भएको थियो । तर दुवै नेताले सो अनुसार मिल्ने छेकछन्द नै देखाएका छैनन । अडानमा लचकता कुनै पक्षको पनि देखिन्न । न महन्थ राजेन्द्रले ओली लाई बोक्न छोड्ने, न उपेन्द्र बाबुरामले ओलीसँग टास्सिन सक्ने ? ओलीकै कारण अहिले जसपा विभाजनको पखाईमा वसिरहेको छ ।









अन्तरराष्ट्रिय साझेदारी र लगानीका कार्यक्रममा स्थानीय सरकारलाई निर्णायक भूमिकामा राख्नु पर्छ: उपप्रमुख डंगोल
82 days to go for election: Political parties contesting the PR election system get election symbols
आजका लागि सागसब्जी र फलफूलको मूल्य
हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु
कारागारबाट फरार भइ चोरीमा संलग्न भएको आरोपमा एक जना पक्राउ
लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै काठमाडौँ
लुम्बिनी दोस्रो क्वालिफायरमा, काठमाण्डु बाहिरियो
काठमाण्डुले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य
कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा
अछाममा प्रथम जीबी मेमोरियल स्कुल क्रिकेट प्रिमियर लिग सुरु
प्रतिक्रिया