आइतबार, वैशाख १३, २०८३

यी १३ अस्पतालमा कोरोना संक्रमितलाई ओपिडी सेवा सुरु

मेरोन्यूज २०७८ जेठ ३ गते १५:४७

काठमाडौं । सरकारले काठमाडौंका सबै सरकारी अस्पतालबाट ‘कोभिड ओपिडी’ सेवा दिन सुरु गरेको जनाएको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार आर्मी अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज, वीर अस्पताल, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, निजामती कर्मचारी अस्पताल, शसस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, नोबेल अस्पताल तथा किष्ट अस्पताल ग्वार्को र धुलिखेल अस्पतालमा कोभिड ओपिडीको व्यवस्थापन गरेको जनाएको छ ।

Advertisement
NiccNicc

मन्त्रालयका प्रवक्ता प्राडा। जागेश्वर गौतमले यी अस्पतालहरुमा कोभिड ओपिडी सञ्चालन भइरहेको र अस्पतालहरुमा कोभिडका बिरामी जाँचेर सामान्य भएमा घरमा पठाउने, अक्सिजन चाहिए ओपिडीमै दिने र हेर्ने, सिरियस भए भर्ना गर्ने गरि व्यवस्था मिलाइएको जानकारी दिए । उनका अनुसार होम आइसोलेसनमा रहेका संक्रमितहरुलाई स्वास्थ्यमा केही समस्या आउने बित्तिकै यी अस्पतलाहरुमा गई स्वास्थ्य परीक्षण गर्न सकिन्छ ।

प्रतिक्रिया