स्वास्थ्य मन्त्रालयले भन्याे- अझै केही साता चुनौतीपूर्ण छ
मेरोन्यूज
२०७८ जेठ ३ गते १९:४५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणको अवस्था अझै केही हप्ता चुनौतीपूर्ण हुने घोषणा गरेको छ । सोमबार मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै विवाह, ब्रतबन्ध, उद्घाटन, भेलालगायत सार्वजनिक कार्यक्रमले गर्दा संक्रमण नघटेको जनाएको छ ।
संक्रमण नियन्त्रणका लागि समाजमा भइरहेका यस्ता कार्यक्रम घटाउन र संक्रमितहरु खुलेआम समुदयमा हिँड्डुल नगर्न मन्त्रालयले अनुरोध गरेको छ ।
निषेधाज्ञाका बाबजुद संक्रमण जति घट्नुपर्ने हो, त्यति नघटेको भन्दै अब केही हप्ता संयमित हुन सबैलाई अनुरोध गरेको छ । त्यस्तै, महामारी नियन्त्रण स्वास्थ्य मन्त्रालय एक्लैको युद्ध नभएकाले प्रदेश र स्थानीय सरकार, सरकारी निकायहरु र सर्वसाधारणलाई एकजुट भएर लाग्न मन्त्रालयले आह्वान गरेको छ ।

सम्बन्धित
















आईसीसी महिला च्यालेन्ज ट्रफी : नेपालले अमेरिकालाई दियो ८७ रनको लक्ष्य
हिमाल आरोहणका क्रममा लडेर घाइते भएका आरोहीको उद्दार
स्थानान्तरण र व्यवस्थापनमा सहरी विकास मन्त्रालयको पहल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बाजुरामा स्काभेटर दुर्घटना हुँदा एक जना बेपत्ता
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
प्रतिक्रिया