अक्सिजनको अभावले गजेन्द्रनारायण सिंह अस्पताल प्रशासन चिन्तित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव हुन थालेको भन्दै अस्पतालले चिन्ता जनाएको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजितकुमार झाले अक्सिजनका लागि तत्कालै सम्बन्धित निकायलाई आ–आफ्नो ठाउँबाट जुट्न आग्रह गरेका छन् ।
उद्योगहरुको खाली सिलिण्डरको लामले दुई दिनमा पनि अक्सिजन पाइन सक्ने अवस्था नदेखिएपछि तनावमा आएका डा. झाले सहयोगका लागि सोमबार प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई सार्वजनिकरूपमा अपिल गरे ।
अस्पतालका सिलिण्डर रित्तिदै गएको तथा सुनसरीको इटहरी र दुहबीस्थित उद्योगको डिपोमा खाली सिलिण्डर भर्न समय लाग्ने भएपछि अक्सिजन अभाव हुने अवस्था आएको अस्पतालका निमित्त मेसु डा. झाले बताए ।
अस्पतालमा हाल छवटा अक्सिजन कन्सन्ट्रेटरसहित १४० वटा सिलिण्डर छन् । तीमध्ये ७० वटा सिलिण्डर खाली भएका छन् ।
बाँकी रहेका सिलिण्डरबाट अन्य सङ्क्रमितलाई अक्सिजन उपलब्ध गराइरहेको जानकारी दिँंदै झाले आजसम्म अक्सिजन ल्याउन नसकिए धेरै सङक्रमितको जीवन जोखिममा पर्ने चिन्ता व्यक्त गरे । अक्सिजनको आपूर्ति हुँदै आएको इटहरी र दुहबीको डिपोमा अक्सिजन भर्न पश्चिम बुटवल, दाङसम्मबाट खाली सिलिण्डर लाममा बसेको छ ।
अस्पतालको एचडीयू व्यवस्थासहितको आइसोलेशनमा २५, आकस्मिक कक्षमा २०, छिन्नमस्ता अस्पताल र साईकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको कोभिड अस्पताल तथा कञ्चनरुपको आइसोलेशन केन्द्रमा १६/१६ जना कोरोना सङ्क्रमित चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा उपचाररत छन् ।
अस्पतालमा उपचाररतमध्ये अधिकांशलाई अक्सिजन लगाउनुपरेको भन्दै डा. झाले आजसम्म अक्सिजन व्यवस्था नभए ठूलो जोखिम मोल्नुपर्ने बताए ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले देशभरि नै अक्सिजन अभाव रहेकाले उद्योगमा लाम लागेको भन्दै वैकिल्पक उपाय खोजेर पनि आजसम्म अक्सिजन उपलब्ध गराउन प्रयासरत रहेको बताए ।
















एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
बाँकेमा हाइसको ठक्करबाट बालकको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया