सैनिक फिल्ड अस्पताल सञ्चालन

महोत्तरी । नेपाली सेनाको मध्यपूर्वी पृतनाले बर्दिबासमा सैनिक फिल्ड अस्पताल सञ्चालन गरेको छ । हाल निर्माणकै चरणमा रहेको बर्दिबास–६, ८, ९ र १३ नं वडा क्षेत्रमा पर्ने सेनाको मध्यपूर्वी पृतना सैनिक शिविर क्षेत्रमा सेनापति पूर्णचन्द्र थापाले सोमबार उद्घाटन गरेसँगै सैनिक फिल्ड अस्पताल सञ्चालनमा आएको हो ।
अस्पताल मध्यपूर्वी पृतना हेडक्र्वाटरको संयोजन र सैनिक कल्याणकारी कोषको लगानीमा अस्पताल निर्माण भई सञ्चालनमा आएको छ । नवनिर्मित २५ शय्याको यस अस्पतालमा नेपाली सेनाका बहालवाला तथा अवकासप्राप्त सैनिक र आश्रित परिवारलाई स्वास्थ्य सेवा उपलब्ध गराइने छ । डेण्टल प्रोसिजर, इएम सर्भिस, बेसिक ल्याब सर्भिस, एक्स रे सेवा, दुर्घटना तथा आकस्मिक सेवा, इनडोर सर्भिस र फार्मेसी सेवा अस्पतालबाट दिइने प्रधानसेनापति थापाले उद्घाटन समारोहमा बताए ।
अवकासप्राप्त र बहालवाला सैनिक र आश्रित परिवारले सेवा पाउने यस अस्पतालमा हाल देशमा भयावहरूपमा फैलिँदै गरेको कोभिड–१९ संक्रमणका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न भएको असहज परिस्थितिबीच शय्या उपलब्ध भएसम्म अन्य सर्वसाधारणलाई पनि सेवा उपलब्ध गराउने सेनाले स्पष्ट पारेको छ । अस्पतालसँगै सैनिक शिविर क्षेत्रमै सैनिक आवासीय महाविद्यालय पनि सञ्चालनमा आएको छ । महाविद्यालयको पनि प्रधानसेनापति थापाले सोमबार नै उद्घाटन गरेका छन् ।
सैनिक आवासीय महाविद्यालय बर्दिबासमा जनमैत्री शैक्षिक कार्यक्रमअन्तर्गत प्रदेश–२ का आठ जिल्लाबाट दुई÷दुई जनाका दरले दलित, जनजाति, विपन्न, पिछडा एवं टुहुरा बालबालिकालाई पूर्ण छात्रवृत्तिसहित अध्ययनको व्यवस्था मिलाइएको मध्यपूर्वी पृतना हेडक्वार्टरले जनाएको छ । यसै शैक्षिक सत्र ९२०७८० बाट कक्षा ६ शुरु गर्ने र प्रत्येक वर्ष क्रमशः कक्षा थप गर्दै लगिने सेनाको मध्यपूर्वी हेडक्वार्टरले जानकारी दिएको छ । रासस
















बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
जापानमा मूल्यवृद्धिको असर ‘भेन्डिङ मेसिन’ बजारमा
‘पूर्वप्रधानमन्त्री अधिकारी प्रतिकूल परिस्थितिमा पनि निष्ठा नत्याग्ने नेता’
अतिक्रमणमुक्त भए काठमाडौँका तीन बस्ती
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
प्रतिक्रिया