सैनिक फिल्ड अस्पताल सञ्चालन

महोत्तरी । नेपाली सेनाको मध्यपूर्वी पृतनाले बर्दिबासमा सैनिक फिल्ड अस्पताल सञ्चालन गरेको छ । हाल निर्माणकै चरणमा रहेको बर्दिबास–६, ८, ९ र १३ नं वडा क्षेत्रमा पर्ने सेनाको मध्यपूर्वी पृतना सैनिक शिविर क्षेत्रमा सेनापति पूर्णचन्द्र थापाले सोमबार उद्घाटन गरेसँगै सैनिक फिल्ड अस्पताल सञ्चालनमा आएको हो ।
अस्पताल मध्यपूर्वी पृतना हेडक्र्वाटरको संयोजन र सैनिक कल्याणकारी कोषको लगानीमा अस्पताल निर्माण भई सञ्चालनमा आएको छ । नवनिर्मित २५ शय्याको यस अस्पतालमा नेपाली सेनाका बहालवाला तथा अवकासप्राप्त सैनिक र आश्रित परिवारलाई स्वास्थ्य सेवा उपलब्ध गराइने छ । डेण्टल प्रोसिजर, इएम सर्भिस, बेसिक ल्याब सर्भिस, एक्स रे सेवा, दुर्घटना तथा आकस्मिक सेवा, इनडोर सर्भिस र फार्मेसी सेवा अस्पतालबाट दिइने प्रधानसेनापति थापाले उद्घाटन समारोहमा बताए ।
अवकासप्राप्त र बहालवाला सैनिक र आश्रित परिवारले सेवा पाउने यस अस्पतालमा हाल देशमा भयावहरूपमा फैलिँदै गरेको कोभिड–१९ संक्रमणका कारण स्वास्थ्य क्षेत्रमा उत्पन्न भएको असहज परिस्थितिबीच शय्या उपलब्ध भएसम्म अन्य सर्वसाधारणलाई पनि सेवा उपलब्ध गराउने सेनाले स्पष्ट पारेको छ । अस्पतालसँगै सैनिक शिविर क्षेत्रमै सैनिक आवासीय महाविद्यालय पनि सञ्चालनमा आएको छ । महाविद्यालयको पनि प्रधानसेनापति थापाले सोमबार नै उद्घाटन गरेका छन् ।
सैनिक आवासीय महाविद्यालय बर्दिबासमा जनमैत्री शैक्षिक कार्यक्रमअन्तर्गत प्रदेश–२ का आठ जिल्लाबाट दुई÷दुई जनाका दरले दलित, जनजाति, विपन्न, पिछडा एवं टुहुरा बालबालिकालाई पूर्ण छात्रवृत्तिसहित अध्ययनको व्यवस्था मिलाइएको मध्यपूर्वी पृतना हेडक्वार्टरले जनाएको छ । यसै शैक्षिक सत्र ९२०७८० बाट कक्षा ६ शुरु गर्ने र प्रत्येक वर्ष क्रमशः कक्षा थप गर्दै लगिने सेनाको मध्यपूर्वी हेडक्वार्टरले जानकारी दिएको छ । रासस











फिलिपिन्समा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, २३ घाइते
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले सम्हाले कार्यभार
सरकारका प्रवक्ताले भेटे देउवा, ओली र प्रचण्ड, के-के भयाे कुराकानी ?
रेसुङ्गा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया