कर्णालीमा एक करोड राशिको पत्रकार कल्याण कोष

कर्णाली । नेपाल पत्रकार महासङ्घ प्रदेश समितिले एक करोड राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गर्ने भएको छ । महासङ्घको सोमबार जुममार्फत बसेको बैठकले कर्णालीका पत्रकारहरूको आपतकालीन उद्धार, उपचार तथा राहतका लागि उक्त कोष स्थापना गर्ने निर्णय गरेको हो ।
महासङ्घ प्रदेश समितिका महासचिव खगेन्द्र भट्टराईले कोरोना भाइरसले कर्णालीका पत्रकार र सञ्चार क्षेत्रमा पारेको प्रभाव र आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा बैठक केन्द्रित भएको बताए । उनका अनुसार कोष स्थापनामा सहयोग गर्न सञ्चार उद्यमी, निजी क्षेत्र र तीनवटै तहका सरकारसँग सहयोगको अपिल गरिनेछ ।
बैठकले कर्णालीका विभिन्न जिल्लाका पत्रकार दिनहुँ कोरोना संक्रमित हुने सङ्ख्या बढिरहेकामा चिन्ता व्यक्त गर्दै पत्रकारलाई कोरोनाविरुद्धको लडाइँमा ‘फ्रन्टलाइनर’ घोषित उनीहरूको स्वास्थ्य र सुरक्षाको उचित प्रबन्ध गर्न प्रदेश र सङ्घ सरकारसँग माग गरेको छ ।
त्यस्तै कोरोना संक्रमण वा अन्य कुनै गम्भीर अवस्थाका बिरामी पत्रकारको आपतकालीन उद्धार तथा उपचारका लागि महासङ्घका तर्फबाट सहजीकरण गर्न कोषाध्यक्ष गणेशकञ्चन भारतीलाई सम्पर्क व्यक्ति तोक्ने निर्णय गरेको छ । रासस











फिलिपिन्समा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, २३ घाइते
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले सम्हाले कार्यभार
सरकारका प्रवक्ताले भेटे देउवा, ओली र प्रचण्ड, के-के भयाे कुराकानी ?
रेसुङ्गा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया