कर्णाली अस्पतालले भन्यो : कोरोनाबाट मृत्यु भए कात्रो किनिदिन्छौँ, उपचार हुँदैन

काठमाडौँ । सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पतालले कोरोना भाइरस (कोभिड–१९) संकमणबाट मृत्यु भएका व्यक्तिको अन्त्योष्टि गर्न आवश्यक पर्ने सामाग्री दिने घोषणा गरेको छ । अस्पतालले शव व्यवस्थापनका लागि आवश्यक पर्ने मट्टीतेल, कैची, डोरी, कात्रोलगायत सामाग्री दिने घोषणा गरेको हो ।
गत शुक्रबार सोही अस्पतालले अक्सिजनको अभाव भएको भन्दै कोरोना संक्रमित बिरामीको भर्ना लिन नसक्ने भन्दै सूचना जारी गरेको थियो । त्यसको चार दिनपछि सोमबार सोमबार एक सूचना जारी गर्दै कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न आवश्यक पर्ने सामाग्री दिने जनाएको छ ।
‘कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएहरूको शव व्यवस्थापनका लागि मृतकका परिवारले मट्टितेल, कैंची, डोरी, प्लाष्टिकलगायतका सामग्रीको व्यवस्थापन गर्नुपर्ने अवस्थाको हामीले अन्त्य गरेका छौँ,’ अस्पतालका प्रमुख डा डम्बर खड्काले हस्ताक्षर भएको विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना प्रियजनको मृत्यु हुँदा दुःखमा रहेका आफन्तजनले निषेधाज्ञाको समयमा बजारमा गएर ती सामग्रीको जोहो गर्नु चुनौती पूर्ण रहेकाले मिति २०७८ जेठ ४ गतेदेखि निःशुल्क यी सामाग्री उपलब्ध गराउने निर्णय गरेको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।’



















गृहमन्त्री अर्यालद्वारा रामेछाप दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
धनुषामा बम विस्फोट, दुई बालबालिका घाइते
इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
इरानले इतिहासकै खतरनाक आक्रमण गर्ने धम्कीपछि ट्रम्पले दिए चेतावनी
प्रतिक्रिया