जसपाका ठाकुर र यादवले गरे सरकारको नेतृत्वमा दाबी
मेरोन्यूज
२०७८ जेठ ४ गते १४:२०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो नेतृत्वमा सरकार गठन भए सरकारमा सहभागी हुने बताएको छ । पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले हस्ताक्षर गरेको विज्ञप्तिमार्फत सरकारको नेतृत्वमा दावी गरेको हो ।
यस्तै, विज्ञप्तिमा राष्ट्रिय सहमति भएमा समेत सरकारमा सहभागी हुने तर यस्तो अवस्था नआए प्रतिपक्षीको भूमिकामा नै रहने उल्लेख गरिएको छ । यसैगरि उनीहरूले संयुक्त विज्ञप्ति निकालेर आगामी दिनमा पार्टीलाई थप मजबुद बनाउँदै लैजाने बारेमा समेत जानकारी दिएको छ ।
जसपामा चार शीर्ष नेताहरूमा ठाकुर र यादव एक पक्षमा रहेका छन् भने संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र राजेन्द्र महतो एक पक्षमा स्पष्ट रुपमा देखिँदै आएका छन् ।


सम्बन्धित















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया