डब्लुएचओका प्रमुख भन्छन् : विश्वमा कोरोनाले थप विभेद निम्तियो

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरू र मध्य एवं न्यून आय भएका मुलुकबीच कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप वितरणमा व्यापक असमानता रहेको बताएका छन् । उनले पछिल्लो अवस्था हेर्दा विश्वमा खोप वितरणमा तीव्र विभेद भएको बताएका हुन् ।
‘मेरो विचारमा विश्व नै खोप विभेदको जोखिममा छ, र यो रंगभेदी छ, तपाईंलाई थाहै छ, उच्च आय भएका मुलुकहरूको जनसंख्या विश्व जनसंख्याको करिब १५ प्रतिशत छन्, तर विश्वमा उत्पादित खोपको झण्डै ४५ प्रतिशत त्यहीँ छ,’ पेरिस पिस फोरममा सम्बोधन गर्दै महासचिव घेब्रेससले भने, ‘न्यून र न्यून–मध्यम आय भएका मुलुकहरूमा विश्वको झण्डै आधा जनसंख्या छ, तर खोप भने १७ प्रतिशत मात्र उपलब्ध छ, खोप वितरणमा ज्यादै ठूलो अन्तर प्रष्टै देखिएको छ ।’
उनले विश्वका १२४ वटा देशमा करिब ६३ लाख डोज खोप पठाइए पनि यो खोप ती देशका कूल जनसंख्याको ०.५ प्रतिशत मात्र रहेको बताए । खोप वितरणमा देखिएको यस किसिमको असमता हटाउन लगानी बढाउनु पर्ने, कोभाक्समा खोप उपलब्ध हुनुपर्ने तथा खोपको उत्पादन बढाउन प्रविधि हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।
‘कतिपय उच्च आय भएका मुलुकहरूले आफ्ना बालबालिका र किशोर किशोरीलाई खोप दिन थालिसकेका छन्,’ महासचिव घेब्रेससले भने, ‘जबकी विश्वका धेरै देशमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, ज्येष्ठ नागरिक र अन्य जोखिम समूहमा रहेका व्यक्तिले खोप लगाउनै पाएका छैनन् ।”
















२१४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा
नुवाकोटको गल्छी–रसुवागढी सडक’का अतिक्रमण हटाउन सुरु
फलामखानीको थप अनुसन्धान गरिँदै
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
कैलालीका ४० युवालाई ‘कम्प्युटर टेक्निसियन’ र छपाइ ‘मेसिन अपरेटर’ तालिम
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
१७ अंकले घट्यो नेप्से
प्रतिक्रिया