किसानको समस्या सम्बोधनमा लाग्यो कृषि मन्त्रालय

काठमाडौँ । निशेधाज्ञामा देखिएको किसानको समस्या सम्बोधनका लागि सहजीकरण गर्न कृषि तथा पशुपक्षी विकास मन्त्राल अघि बढेको छ । कृषि मन्त्री पद्माकुमारी अर्यालले बन्दाबन्दीमा किसान प्रत्यक्ष मारमा परेकाले समस्या सम्बोधन गर्नुपर्ने बताईन् ।
आज मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले गत वर्षबाट पाठ सिक्दै अहिलेको निशेषज्ञामा किसानका कामलाई सहज हुने गरी व्यवस्था हुने दाबी गरिन् । कृषि मन्त्री अर्यालले किसानले उत्पादन गरेको कृषि उपजको आयात, निर्यात, ढुवानी, मल, बिउ, औषधिको ओसारपसार, मासु, अन्डा, दूधजस्ता सबै वस्तु तथा सामानका सवारीसाधनलाई निर्वाध रुपमा सञ्चालन हुनुपर्ने भएकाले प्रशासनसँग सहकार्य गरेर अघि बढेको बताईन् ।
यस्तै, कोभिड संक्रमणको जोखिम बढ्दै जाँदा निशेधाज्ञा लम्बिने भएकाले कृषि क्षेत्रलाई थप असर गर्नेमा दुई मत नभएकाले किसान तथा व्यवसायीलाई सरकारले गर्न सक्ने सहयोग तय हुने उनले उल्लेख गरिन् । मन्त्री अर्यालले कृषि उपजको अनलाइन बजार र कृषि एम्बुलेन्सको अवधारणामा छलफल भइरहेको बताइन् ।











फिलिपिन्समा बस दुर्घटना हुँदा कम्तीमा ४ जनाको मृत्यु, २३ घाइते
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले सम्हाले कार्यभार
सरकारका प्रवक्ताले भेटे देउवा, ओली र प्रचण्ड, के-के भयाे कुराकानी ?
रेसुङ्गा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया