लगातार बढेको नेप्सेमा नयाँ रेकर्ड

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचकले आज मंगलबार नयाँ रेकर्ड कायम गरेको छ । बजार परिसुचक ३४ दशमलब ६८ अंकले बढेर २ हजार ७ सय ९३ दशमलब ८९ अंकमा पुग्दासबैभन्दा बढी सेयर कारोबार भई नयाँ रेकर्ड कायम गरेको हो ।
कूल २ सय १५ कम्पनीको १ लाख १५ हजार ९ सय ६१ कारोबारबाट ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँ बराबरका २ करोड ३१ लाख ३१ हजार ६ सय १५ कित्ता शेयर खरिदबिक्रि भएको स्टक एक्सचेञ्जले जनाएको छ । रकम र कारोबार अंकका कारण दुई क्षेत्रमा नयाँ रेकर्ड भएको लगानीकर्ता नवराज अधिकारीले जानकारी दिएका छन् ।
शेयर बजारमा मंगलबार उत्पादनमुलक बाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक २०४ अंकले बढेको छ । कोरोनाका बेला निशेधाज्ञाले समस्यामा परेका होटल तथा पर्यटन समुहको परिसुचक २०० अंकले उकालो लागेको छ ।

















नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास बढ्दै गएको छ : संयोजक दाहाल
यस पटकको होली घरभित्रै मनाउन आग्रह
प्रतिनिधिसभा सदस्य निर्वाचन : सम्पूर्ण तयारी अन्तिम चरणमा
एन्जल्स हार्ट र केभीकेएसएसलाई तेजस्वी कप
टिपरको ‘हाइड्रोलिक’ उठाउँदा करेन्ट लागेर चालकको मृत्यु
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
ऋषिराम कट्टेललाई रिहा गर्न सर्वोच्चको आदेश
विगतमा एमाले हार्दा दाङ विकासको प्रतिस्पर्धामा पछाडि पर्याे – शङ्कर पोखरेल
आज विभिन्न जिल्लामा असिना पानी, सबैभन्दा बढी वर्षा सङ्खुवासभामा
प्रतिक्रिया