ऋषिराम कट्टेललाई रिहा गर्न सर्वोच्चको आदेश
मेरोन्यूज
२०८२ फागुन १२ गते १९:४५

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलको बन्दीप्रत्यक्षीकरण रिटलाई स्वीकार गर्दै उनलाई रिहा गर्न आदेश दिएको छ ।
मंगलबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले कट्टेललाई रिहा गर्न आदेश दिएको हो ।
कट्टेलको पार्टीले फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको थियो । सोही कारण सरकारले उनी चुनाव बिथोल्न गतिविधिमा लाग्ने आशंकाका आधारमा फागुन ६ गते पक्राउ गरेको थियो ।
बुबा पक्राउ परेपछि फागुन ८ गतेका कट्टेलका छोरा रुपेशले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै मंगलबारको इजलाशले रिहा गर्न आदेश दिएको हो ।
सम्बन्धित


















कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया