इण्डियन भेरिएन्ट कोरोनाबाट बंगलादेशमा पहिलो संक्रमितको मृत्यु
मेरोन्यूज
२०७८ जेठ ५ गते ११:०४

काठमाडौँ । बंगलादेशले कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (इण्डियन भेरिएन्ट)बाट संक्रमित बिरामीमध्ये पहिलो व्यक्तिको मृत्यु भएको जनाएको छ ।
सरकारको संक्रमक रोग नियन्त्रण तथा अनुसन्धान कार्यालयले मंगलबार प्रकाशित गरेको तथ्यांकअनुसार मृतक संक्रमित व्यक्ति भारतबाट स्वदेश फर्किएका थिए । बंगलादेशमा अहिलेसम्म ६ व्यक्तिमा नयाँ प्रकारको संक्रमण पुष्टि भएको छ । जसमध्ये मृतक एक जना क्यान्सर र अन्य रोगबाट पीडित थिए ।
बंगलादेशले अप्रिल २६ देखि बन्दरगाह हुँदै भारतबाट फर्किने यात्रुहरूको प्रवेशमा रोक लगाएपछि यस महिनाको शुरुमा अत्यधिक संक्रमक कोरोना भाइरसका दुई घटनाहरू पत्ता लागेका थिए ।
भारतमा कोभिड–१९ संक्रमणको उच्च वृद्धि भएपछि अप्रिल १४ देखि दुई देश बीचको यात्रुबहाक उडानहरूलाई पनि स्थगित गरिएको थियो । एजेन्सी
सम्बन्धित









दाङकाे एक होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म भएका उतार-चढाप
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
Lumbini Lions clinch NPL second edition title
विश्वविद्यालय सुधार गर्न गैरराजनीतिक व्यक्ति नियुक्त गरिनुपर्छः मन्त्री पुन
एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
प्रतिक्रिया