इण्डियन भेरिएन्ट कोरोनाबाट बंगलादेशमा पहिलो संक्रमितको मृत्यु
मेरोन्यूज
२०७८ जेठ ५ गते ११:०४

काठमाडौँ । बंगलादेशले कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (इण्डियन भेरिएन्ट)बाट संक्रमित बिरामीमध्ये पहिलो व्यक्तिको मृत्यु भएको जनाएको छ ।
सरकारको संक्रमक रोग नियन्त्रण तथा अनुसन्धान कार्यालयले मंगलबार प्रकाशित गरेको तथ्यांकअनुसार मृतक संक्रमित व्यक्ति भारतबाट स्वदेश फर्किएका थिए । बंगलादेशमा अहिलेसम्म ६ व्यक्तिमा नयाँ प्रकारको संक्रमण पुष्टि भएको छ । जसमध्ये मृतक एक जना क्यान्सर र अन्य रोगबाट पीडित थिए ।
बंगलादेशले अप्रिल २६ देखि बन्दरगाह हुँदै भारतबाट फर्किने यात्रुहरूको प्रवेशमा रोक लगाएपछि यस महिनाको शुरुमा अत्यधिक संक्रमक कोरोना भाइरसका दुई घटनाहरू पत्ता लागेका थिए ।
भारतमा कोभिड–१९ संक्रमणको उच्च वृद्धि भएपछि अप्रिल १४ देखि दुई देश बीचको यात्रुबहाक उडानहरूलाई पनि स्थगित गरिएको थियो । एजेन्सी
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया