गण्डकी प्रदेश सरकार
पुरानै मन्त्रीलाई दोहोराउँदै मन्त्रिपरिषद् विस्तारको तयारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनित्रपरिषद् विस्तारको तयारी गरेका छन् । प्रदेश सभामा सवैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा १६८(३) अनुसार गत वैशाख २९ मा मुख्यमन्त्री नियुक्त भएका गुरुङले आज पूरानै मन्त्रीहरुलाई दोहोराएर मनित्रपरिषद् विस्तार गर्न लागेका हुन् ।
गुरुङ कोरोना संक्रमित भई आइसोलेसनमा बसेका कारण उनले यो वीचमा मन्त्रिपरिषद् विस्तार गरेका थिएनन । आज उनले सवै पू्ररानै अनुहारका मन्त्रीलाई नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गर्न खोजेका हुन् ।
उनले २ वजे प्रदेश मन्त्रिपरिषद् विस्तार गर्न लागेको उनको नीजि सचिवालयले जनाएको छ ।
शुरुमा भौतिक र आर्थिक मामिला मन्त्री मात्र नियुक्ति गर्ने र बजेट पछि मात्र उनले अन्य मन्त्रीको नियुक्ति गर्ने सोच बनाएपनि पार्टी नेताहरुको दवावका कारण उनले सवै यसपटकलाई पूरानै मन्त्रीलाई दोहोराउने भएका हुन् ।
यसअघिको मन्त्रिमण्डलमा समाजिक विकास मन्त्रालय नरदेवी पुन मगर, पर्यटन विकास लम्साल, आर्थिक तथा मामिला किरण गुरुङ, भौतिक विकास रामशरण बस्नेत र युवा तथा खेलकुद मन्त्रालय राजीव गुरुङ ‘दीपक मनाङे’ ले सम्हाल्दै आएका थिए ।











प्रधानमन्त्री कार्कीले देउवा, ओली र प्रचण्डसँग संयुक्त छलफल गर्दै
भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु
७५० केजी गाँजासहित दुई जना पक्राउ
रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
राप्रपा र राप्रपा नेपालकाे सरप्राइज एकता घाेषणा
प्रतिक्रिया