प्रधानमन्त्रीको वक्तब्यपछि बोल्यो निर्वाचन आयोग
निर्वाचन आचारसंहिता विपरित वक्तव्यमा गम्भिर ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रष्ट्रिय सभा उपनिर्वाचनको मौन अवधिमा आफ्नो पार्टीका उम्मेदवार रामवहादुर थापा (बादल)लाई मत माग्दै गरेको अपिललाई लिएर निर्वाचन आयोगले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । यद्यपी, प्रष्ट रुपमा उसले प्रधानमन्त्रीको बक्तब्यलाई नै चित्रिण भने गर्न खोजेको छैन ।
अप्रत्यक्ष रुपमा आयोगले प्रधानमन्त्रीको बक्तब्यप्रति लक्षित गदै आयोगको ध्यानाकर्षण भएको जनाएको हो । वाग्मति प्रदेश सभा तर्फ रिक्त राष्टिय सभाको एउटा पदका लागि भोलि विहान ९ वजेदेखि ३ वजेसम्म प्रदेश राजधानी हेटौडामा मतदान हुँदैछ ।
आयोगले मौन अवधी तोकेका बेलामा पनि प्रधानमन्त्रीले पदीय दुरुपयोग गदै गृहमन्त्री थापाको पक्षमा मत मागेको भन्दै दलहरुले नै आलोचना गर्न थालेपछि आयोगले आचारसंहिता विपरित वक्तब्य दिने कुरामा गम्भिर ध्यानाकषर्ण भएको जनाएको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले वुधबार विज्ञेप्ती जारी गदै भनेका छन्,-‘आयोगले अनुरोध गर्दागर्दै पनि केही व्यक्तिहरूले आचारसंहिता विपरीत वक्तव्य दिने, प्रेस विज्ञप्ति निकाल्ने, प्रकाशन तथा प्रसारण गर्ने र केही सञ्चार माध्यमहरूले उम्मेदवारको जीत हारको पूर्वानुमानका सामग्रीहरू प्रसार गर्ने तथा विभिन्न व्यक्तिहरूको अन्तरवार्ता लिने जस्ता गतिविधिहरू गरेको देखिएकोले यसतर्फ आयोगको गम्भीररूपमा ध्यानाकर्षण भएको छ ।’
मंगलबार राति १२ बजेदेखि नै मौन अधवि सुरु भएको थियो । मौन अवधिमा प्रधानमन्त्री ओलीले नै विज्ञप्ति निकालेर त्यसको उल्लंघन गरेका थिए ।
आयोग प्रवक्ताले यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने जनाएका छन् ।
‘उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने भएको हुँदा यस्ता आचरणहरु पालना गर्न गराउन सम्वद्ध सबैसँग आयोगले हार्दिक अनुरोध गर्दै आएको छ,’ प्रवक्ता श्रेष्ठले वक्तब्यमार्फत भनेका छन् ।
निर्वाचनको सिलसिलामा राजनीतिक दल, सार्वजनिक निकाय तथा सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचारसंहिता समेत लागू भइसकेको सन्दर्भमा आचारसंहिता विपरीतका क्रियाकलापले निर्वाचनको स्वच्छता र विश्वसनीयता प्रति नै आघात पार्ने आयोगको भनाइ छ । आयोगले निर्वाचन आचार संहिता कानूनी आधार र नैतिक बन्धन पनि भएकोले पालना गरिदिन आग्रह गरेको छ ।
काग्रेसले पनि मौन अवधीमा आफना जनप्रतिनिधी मतदातालाई एसएमएसमार्फत पार्टी ह्वीप लगाउने काम आजै मात्र गरेको छ ।
















कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि प्रदर्शन
इरानमाथि दबाब क्रमिक रूपमा घटाइने
निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना
इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग
वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया