झण्डै ८ हजार जना कोरोनाबाट निको भई घर फर्किए
मेरोन्यूज
२०७८ जेठ ५ गते १६:४४

काठमाडौँ । पछिल्ला २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ७ हजार ९८९ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर उक्त संख्यामा कोरोनाबाट निको भएका हुन् ।
यसैगरी सोही अवधिमा देशभर थप ८ हजार १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर विधिबाट ८ हजार ०६४ र एन्टिजेन विधिबाट १०९ गरी कूल ८ हजार १७३ जना संक्रमित भेटिएका हुन् ।
मन्त्रालयका अनुसार सोही अवधिमा संक्रमणबाट थप २४६ जनाको निधन भएको छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया