बुधबार, जेठ १, २०८२

लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का, परकम्प अझै रोकिएन

मेरोन्यूज २०७८ जेठ ६ गते ८:३०

लमजुङ । लमजुङ केन्द्रविन्दु भएर बुधबार बिहान भूकम्प गएपछि परकम्प जान अझै रोकिएको छैन । २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा यतिका सङ्ख्यामा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यस अवधिमा चार म्याग्निच्युड भन्दा माथिका ६ वटा र सो भन्दा कमका ८२ वटा परकम्प गएको छ ।

चारभन्दा माथि बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८, ८ बजेर १६ मिनेटमा ४, ८ बजेर १७ मिनेटमा ४ दशमलव १, ८ बजेर २६ बजेटमा ५ दशमलव ३, बुधबार राति ९ बजेर २३ मिनेटमा ४ र १० बजेर ३९ मिनेटमा ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको उक्त केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार आज बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ म्याग्निच्युडको परकम्प गएको छ ।

प्रतिक्रिया