सरकारलाई कांग्रेसको १५ बुदे ध्यानाकर्षण (पत्रसहित)

काठमाडौँ । नेपाली कांग्रेसले सरकारको १५ बुदे ध्यानाकर्षण गराएको छ । कांगेस सभापति शेरबहादुर देउवालगायतका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहिबार सिहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलिसँग कांग्रेसका सभापति देउवा लगायत बालकृष्ण खाँड, शंसाक कोईराला, कुल बहादुर खड्का, कृष्णप्रसाद सिटौला, डा रमशरण महत, प्रकाशशरण महतको टोलिले कोभिड-१९ र समसामयिक विषयमा भेटघाट गरेर ज्ञापनपत्र बझाएका हुन् । उक्त भेटघाटमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, अर्थमन्त्री विष्णुप्रसाद पौडेल ,नेता सुभाष नेम्वाङको पनि उपस्थिति रहेको थियो ।
काग्रेसले कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न, तत्काल सबैलाई खोप लगाउने सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको हो । कोरोनाको तेस्रो लहर आएकोले त्यसबाट सुरक्षित राख्न तत्काल सबै नागरिकलाई खोप लगाउन कांग्रेसको माग छ । देउवाद्वारा जारी विज्ञिप्तीमा- “खोप खरिदलगायतमा देखिएका अनियमितता छानविन गर्न, अस्पतालहरूमा शय्यादेखि अक्सिजन अभाव देखिएकोले तत्काल व्यवस्थापन मिलाउन, नाकाहरूमा पिसिआरको अनिवार्य व्यवस्था गर्न, निम्न आय भएकाहरूलाई राहत उपलब्ध गराउन माग गरिएको छ ।”




















कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि प्रदर्शन
इरानमाथि दबाब क्रमिक रूपमा घटाइने
निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना
इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग
वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रतिक्रिया