सरकारलाई कांग्रेसको १५ बुदे ध्यानाकर्षण (पत्रसहित)

काठमाडौँ । नेपाली कांग्रेसले सरकारको १५ बुदे ध्यानाकर्षण गराएको छ । कांगेस सभापति शेरबहादुर देउवालगायतका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोरोनाको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहिबार सिहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओलिसँग कांग्रेसका सभापति देउवा लगायत बालकृष्ण खाँड, शंसाक कोईराला, कुल बहादुर खड्का, कृष्णप्रसाद सिटौला, डा रमशरण महत, प्रकाशशरण महतको टोलिले कोभिड-१९ र समसामयिक विषयमा भेटघाट गरेर ज्ञापनपत्र बझाएका हुन् । उक्त भेटघाटमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, अर्थमन्त्री विष्णुप्रसाद पौडेल ,नेता सुभाष नेम्वाङको पनि उपस्थिति रहेको थियो ।
काग्रेसले कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न, तत्काल सबैलाई खोप लगाउने सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको हो । कोरोनाको तेस्रो लहर आएकोले त्यसबाट सुरक्षित राख्न तत्काल सबै नागरिकलाई खोप लगाउन कांग्रेसको माग छ । देउवाद्वारा जारी विज्ञिप्तीमा- “खोप खरिदलगायतमा देखिएका अनियमितता छानविन गर्न, अस्पतालहरूमा शय्यादेखि अक्सिजन अभाव देखिएकोले तत्काल व्यवस्थापन मिलाउन, नाकाहरूमा पिसिआरको अनिवार्य व्यवस्था गर्न, निम्न आय भएकाहरूलाई राहत उपलब्ध गराउन माग गरिएको छ ।”















निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया