माओवादी स्थायी समिति बैठक
प्रचण्ड ओली भेट्न जाने, सीसीएमसी खारेज गर्न माग गर्ने
कोरोना नियन्त्रण तथा रोकथाम नीति शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने

काठमाडौं । कोरोना नियन्त्रणमा सरकारले काम गर्न नसकेको आरोप लगाईरहेका प्रतिपक्षी दलहरुले सरकारलाई दवाव वढाउने भएका छन् । कांग्रेस सभापति शेरवहादुर देउवाले विहिवार नै पदाधिकारी सहित प्रधानमन्त्रीलाई सिंहदरवारमै पुगेर ध्यानाकषर्ण गराएकै दिन माओवादी केन्द्रले पनि पार्टीका तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री ओलीलाई भेटेरै सरकारको कमजोरीमाथी प्रश्न उठाउने गरी माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ओली भेटन जाने भएका छन् ।
विहिवार पेरिसडाँडामा बसेको माओवादी स्थायी समिति बैठकले उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वमा रहेको सीसीएमसी खारेज गर्न माग गर्ने निर्णया पनि लिएको छ ।
सीसीएमसी संवैधानिक नभएकाले खारेजीको माग गर्ने निर्णय गरेको बैठकपछि स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त)ले जानकारी दिए ।
सरकार कोभिड–१९ लगायतको स्वास्थ्य सामग्री खरिद गर्दा भष्ट्राचारमा लिप्त भएको, कोरोना नियन्त्रणमा असफल भएकोलगायत विषय समेटेर माओवादीले ओलीलाई भेटेर ज्ञापन पत्र वुझाउने निर्णय भएको पनि पुनले बताए ।
पार्टीका सबै पंक्तिलाई कोरोना नियन्त्रण तथा रोकथामका लागि परिचालित हुन निर्देशन दिने निर्णय पनि माओवादीले गरेको छ । पार्टीका तर्फबाट यसका लागि बनाउने नीति भने भोलि शुक्रवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने पनि पुनले बताए ।
कोरोना विरुद्ध जवस, मोर्चा , पार्टीका कमिटिलाई कोरोना विरुद्धको अभियानमा परिचालन गर्ने पनि माओवादीले जनाएको छ ।
कोरोनाको नाममा भएको भ्रष्टाचारको भण्डाफोर गर्ने पनि उसको निर्णय छ ।















युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा विपरित नगर्न प्राधिकरणकाे आग्रह
महाशिवरात्रि पर्वका लागि १७१ सदस्यीय मूल समारोह समिति गठन
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
प्रतिक्रिया