माओवादी स्थायी समिति बैठक
प्रचण्ड ओली भेट्न जाने, सीसीएमसी खारेज गर्न माग गर्ने
कोरोना नियन्त्रण तथा रोकथाम नीति शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने

काठमाडौं । कोरोना नियन्त्रणमा सरकारले काम गर्न नसकेको आरोप लगाईरहेका प्रतिपक्षी दलहरुले सरकारलाई दवाव वढाउने भएका छन् । कांग्रेस सभापति शेरवहादुर देउवाले विहिवार नै पदाधिकारी सहित प्रधानमन्त्रीलाई सिंहदरवारमै पुगेर ध्यानाकषर्ण गराएकै दिन माओवादी केन्द्रले पनि पार्टीका तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री ओलीलाई भेटेरै सरकारको कमजोरीमाथी प्रश्न उठाउने गरी माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ओली भेटन जाने भएका छन् ।
विहिवार पेरिसडाँडामा बसेको माओवादी स्थायी समिति बैठकले उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वमा रहेको सीसीएमसी खारेज गर्न माग गर्ने निर्णया पनि लिएको छ ।
सीसीएमसी संवैधानिक नभएकाले खारेजीको माग गर्ने निर्णय गरेको बैठकपछि स्थायी समिति सदस्य वर्षमान पुन (अनन्त)ले जानकारी दिए ।
सरकार कोभिड–१९ लगायतको स्वास्थ्य सामग्री खरिद गर्दा भष्ट्राचारमा लिप्त भएको, कोरोना नियन्त्रणमा असफल भएकोलगायत विषय समेटेर माओवादीले ओलीलाई भेटेर ज्ञापन पत्र वुझाउने निर्णय भएको पनि पुनले बताए ।
पार्टीका सबै पंक्तिलाई कोरोना नियन्त्रण तथा रोकथामका लागि परिचालित हुन निर्देशन दिने निर्णय पनि माओवादीले गरेको छ । पार्टीका तर्फबाट यसका लागि बनाउने नीति भने भोलि शुक्रवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने पनि पुनले बताए ।
कोरोना विरुद्ध जवस, मोर्चा , पार्टीका कमिटिलाई कोरोना विरुद्धको अभियानमा परिचालन गर्ने पनि माओवादीले जनाएको छ ।
कोरोनाको नाममा भएको भ्रष्टाचारको भण्डाफोर गर्ने पनि उसको निर्णय छ ।










पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
एमाले चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
प्रतिक्रिया