प्रधानमन्त्री ओलीको सिफारिस फेरि कानूनी विवादमा
संविधानविद् भन्छन्- प्रधानमन्त्रीबाट पदमुक्त वा राजीनामा नदिइ ७६ (५) मा जान मिल्दैन
संविधानविद् भीमार्जुन आचार्यले भने, 'यो संविधान माथिको धेरै ठूलो जालसाक्षीपूर्ण कार्य हो ।'
काठमाडाैं । प्रतिनिधिसभाबाट विश्वासकाे मत प्राप्त गर्ने अवस्था नभएपछि आफ्नै नेतृत्वमा मध्यवधि निर्वाचनमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीकाे कदम फेरि विवादमा तानिएकाे छ । उनी अहिले नेपालकाे संविधानकाे धारा ७६ (३) अन्तगर्तकाे संसदमा प्रतिनिधित्व गर्ने ठूलाे दलकाे हैसियतमा प्रधानमन्त्री छन् ।
धारा ७६ (३) अनुसार प्रधानमन्त्रीमा नियुक्त ओलीले एक महिनाभित्र अर्थात यही जेठ ३० गतेभित्र संसदबाट विश्वासकाे मत लिनुपर्ने थियाे । तर प्रधानमन्त्री ओलीले बिहीबार विश्वासकाे मत लिने नभइ धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिश गरेका छन् ।
तर संविधानवद्हरू धारा ७६ (३) काे प्रधानमन्त्री पदमुक्त वा उसले राजीनामा नदिइ सिधै धारा ७६(५) मा जाने प्रक्रिया संवैधानिक नरहेकाे बाताउँछन् ।
संविधानविद् भीमार्जुन आचार्यले संविधानमा स्वमं मन्त्रिपरिषद् र राष्ट्रपतिलाई सिधै संविधानकाे धारा फड्काे मार्ने अधिकार नदिएको बताए ।
‘संसद्ले उहाँलाई विश्वासको मत दिदैन भनेर के आधारमा विश्वास गर्ने । अहिले उहाँ प्रधानमन्त्री पदमा वहाल हुनुहुन्छ । उहाँले राजीनामा नदिएपछि कसरी अर्काे प्रधानमन्त्री नियुक्तिको प्रक्रिया हुन्छ ?’- उनले भने ।
नयाँ प्रधामन्त्रीका लागि आह्वान गर्ने राष्ट्रपतिको कदमले बजेट र सरकारको नीति कार्यक्रम छल्न खोजेको प्रष्ट देखिएकाे बताए ।
‘७६ (५) को वाहना बनेर त्यो सरकार बन्न सक्दैन भनेर ७६(३) को सरकारलाई संसद् विघटन गर्न अधिकार दिन खोजियो, यो संविधानसम्मत होइन’, उनले भने,’यो संविधान माथिको धेरै ठूलो जालसाक्षीपूर्ण कार्य हो ।’
















कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि प्रदर्शन
इरानमाथि दबाब क्रमिक रूपमा घटाइने
निर्वाचनमा बालअधिकार उल्लङ्घनः अध्ययनले देखायो ३५० घटना
इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग
वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया