सुदूरपश्चिमका १९ हजार २८५ जना कोरोनामुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशका १९ हजार २८५ कोरोना सङ्क्रमित निको भएर घर फर्कीएका छन् । प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमण मुक्त हुनेभन्दा संक्रमित हुने दर बढी देखिएको छ । कैलालीमा सबैभन्दा बढी कोरोना संक्रमित रहेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार कैलालीका १३ हजार ५८४ संक्रमितमध्ये आठ हजार ५४६ जना मुक्त भएका छन् । यो सङ्ख्या कैलालीका कूल संक्रमितसङ्ख्याको झण्डै ६३ प्रतिशत हो । यहाँका अन्य पहाडी जिल्लाहरू अछाममा एक हजार ९०१, बैतडीमा ९२६, बझाङ एक हजार ५७ र बाजुरामा ६२४ संक्रमित निको भएका छन् ।
यसैगरी कोरोना संक्रमण मुक्त हुनेमा डडेल्धुराका ८७६, दार्चुलाका ४०४, डोटीमा एक हजार ६३३ र कञ्चनपुरमा तीन हजार २५३ जना छन् । निर्देशनालयका अनुसार सुदूरपश्चिममा अझै ११ हजार ४४० सक्रिय संक्रमितहरू छन् । कैलालीमा चार हजार ९१३, अछाममा ७८६, बैतडीमा ९६७, बझाङमा ९४१, बाजुरामा २२७ जना सक्रिय संक्रमित छन् । डडेल्धुरामा ५१४, दार्चुलामा २९५, डोटीमा ५५९ र कञ्चनपुरमा दुई हजार २२० सक्रिय सङ्क्रमित छन् ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म एक लाख ९९ हजारको परीक्षण गर्दा ३१ हजार २०० मा कोरोना सङ्क्रमण देखिएको थियो । यो सङ्ख्या परीक्षण गरिएका कूल सङ्ख्याको १५.५७ प्रतिशत हुन आएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले जानकारी दिए । दोस्रो चरणमा संक्रमितलाई समयमै अस्पताल पु¥याउन नसक्दा तथा अक्सिजन नपाएका कारण बचाउन सकिएको छैन । स्वास्थ्य निर्देशक डा.अवस्थीका अनुसार सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ३९७ जनाले ज्यान गुमाएका छन् ।रासस
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया