राजनीतिक उतारचढाब
प्रधानमन्त्रीसँगै राष्ट्रपति निवास किन पुगे महन्थ र राजेन्द्र महतो ?
ओली नेतृत्वको चुनावी सरकारमा सहभागी भएर जाने ग्रिन सिंग्नल

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री केपी ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको खुलेको छ । विहिवार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्तिका लागि आज साँझ ५ बजेसम्मको म्याद प्रतिनिधीसभाका सदस्यहरुका लागि आह्रवान गरेसँगै प्रधानमन्त्री ओलीसँगै महन्थ र राजेन्द्र शित्तल निवास पुगेका हुन् ।
बेलुकी ९ बजेपछि प्रधानमन्त्री ओलीसँगै महन्थ र राजेन्द्र राष्ट्रपति भेटन शित्तल निवास पुगेका हुन् । त्यस अगाडी जसपाका यी दुवै नेताले बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग लामै छलफल गरेका थिए ।
प्रधानमन्त्री केपी ओलीले संविधानतः ७६(४) अनुसार प्रधानमन्त्रीमा बैशाख ३१ मा नियुक्त भएको एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । तर ओलीले विहिवार क्याविनेट बैठक राखेर मौजुदा सरकारले विश्वासको मत लिन सक्ने आधार नदेखिएको र वैशाख २७ भन्दा अगाडीको अवस्था अहिले पनि नरहेको भन्दै विश्वासको मत नलिने र नयाँ सरकार संविधानको धारा ७६(५) अनुसार बनाउने प्रक्रिया शुरु गर्न सिफारिस गरेपछि राष्ट्रपतिले पनि कानुनी रुपमा त्यसरी आह्रावान गर्न मिल्ने नमिल्ने हेदैं नहेरी आज ५ बजेसम्म सरकार गठनको लागि आह्रावान गरेकी छिन् ।
घटनाक्रम हेर्दा राष्ट्रपति र प्रधानमन्त्री दुवैका वीचमा भएको छलफलकै आधारमा यो प्रक्रिया अगाडी बढाएको देखिन्छ ।
महन्थ र राजेन्द्रलाई खुसी बनाउन मनित्रपरिषद्को बैठकवाट नेपाल नागरिकता ऐन २०६३ संशोधनसम्बन्धी अध्यादेश स्वीकृत गरी जारी गर्नका लागि राष्टपतिकाहाँ पठाउने निर्णय लिनु, त्यसलगत्तै महन्थ र राजेन्द्रलाइ बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले लामो छलफल गर्नु र लगत्तै महन्थ र राजेन्द्र लाई बोकेर स्वंम प्रधानमन्त्री राष्ट्रपति निवास पुग्नुलाई अर्थपूर्ण मानिएको छ ।
प्रधानमन्त्री ओलीले आफनो सत्ता टिकाउन र फेरि अन्य विपक्षीहरुलाई संसदमा वहुमत जुटाउन नदिई संविधानको धारा ७६(५) अनुसार पनि आफै प्रधानमन्त्री बन्ने र लगत्तै प्रतिनिधीसभा विघटन गरेर मुलुकलाई मध्यावधीमा लैजाने प्रयोजनार्थ ओलीले अहिले राष्ट्रपतिलाई विवादमा पारेका छन् ।
जसपाको महन्थ र राजेन्द्र पक्ष विपक्षी कांग्रेस, माओवादीसँग मिल्न जादा बहुमत पुगन सक्ने ठानी ओलीले महन्थ र राजेन्द्रलाई खुसी बनाउन मनित्रपरिषद्बाट नागरिकता सम्वनधी अध्यादेश पनि स्वीकृत गरी जारी गर्न राष्ट्रपतिकाहाँ पठाएका हुन् । यो अध्यादेशमा ‘जन्मसिद्ध’ नेपाली नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने गरी स्वीकृत गरिएको छ । त्यस्तै बाबुको पहिचान नभएका सन्तानलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता दिइने प्रावधान पनि अध्यादेशमा समेटिएको छ ।
यही विषयसमेत समेटिएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामै विचाराधीन छ । संसद् सञ्चालन हुँदा यो विषय टुंगोमा पुगेको थिएन । एमाले र माओवादी केन्द्रले विधेयकका केही प्रावधानमा असहमति जनाएकै कारण यो विषय प्रतिनिधिसभाबाट पारित भएको थिएन । तर, अहिले ओलीले संसद विघटन गर्ने र मुलुकलाई चुनावमा धकेल्नका लागि आफ्नै नेतृत्वको चुनावी सरकार बनाउन महन्थ र राजेन्द्रलाई फकाउने उदेश्यले यो अध्यादेश क्याविनेटवाट स्वीकृत गरेका हुन् ।
त्यसपछि ओलीले महन्थ र राजेन्द्रलाई बालुवाटार बोलाएर अव चुनावी सरकारमा समेत आउन आग्रह गरेका हुन् ।
यो छलफलमा महन्थ र राजेन्द्रले ओलीलाई ग्रिन सिंग्नल दिएका छन् ।
तर उनीहरुले अध्यादेश जारीको बारेमा राष्ट्रपतिसँग सुनिश्चितता खोजे । त्यसपछि प्रधानमन्त्री ओलीले बेलुकी महन्थ र राजेन्द्रलाई नै बोकेर राष्ट्रपति निवास पुगेको स्रोत बताउँछ ।
राष्ट्रपति र प्रधानमन्त्री सहित महन्थ र राजेन्द्रको छलफल अवको चुनावी सरकार ओलीको नेतृत्वमा बनाउने विषयमा सकारात्मक रुपमा चलेको छ । जसपाका नेता मनिष सुमनले नयाँ सरकार गठनका लागि प्रधानमन्त्री र जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोबीच छलफल भएको र त्यो छलफल सकारात्मक भएको बताए ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया