भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन

काठमाडौँ। भाषा आयोगका सदस्य एवं नेपालभाषा टाइम्सका पूर्वसम्पादक, साहित्यकार सुरेश किरण मानन्धरको ५९ वर्षको उमेरमा सोमबार साँझ निधन भएको छ । मानन्धरलाई अकस्मात हृदयघातसँगै शिक्षण अस्पतालको मनमोहन कार्डियाक सेन्टरमा लगिएको थियो । अस्पताल पुर्याएको केही समयपछि नै चिकित्सकहरूले उहाँलाई मृत घोषित गरेको उहाँका परिवारका सदस्यले राष्ट्रिय समाचार समिति (रासस)लाई जानकारी दिए ।
उनी ‘इनाप’ साप्ताहिकबाट पत्रकारितामा संलग्न भएको र पछि ‘विश्वभूमि’ दैनिक प्रकाशनबाट पूर्णकालीन पत्रकारका रूपमा काम गरेकम थिए। पछि सन्ध्या टाइम्स दैनिक र त्यसपछि नेपाल भाषा टाइम्स दैनिकमा सम्पादक भएर काम गरे । ‘अप्सरा’ फिल्मम्यागेजिन, ‘कोशल्वहं’ कविता त्रैमासिक पत्रिका, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशन हुने ‘थाय्भु’ लगायतका पत्रपत्रिकाको सम्पादक मण्डलमा बसी उनले केही समय काम गरे ।
उहाँले विसं २०४६ मा जनआन्दोलनको समयमा प्रहरीको कडा घेराभित्र वीर अस्पतालमा भर्ना भइराख्नुभएका जनआन्दोलनका कमाण्डर गणेशमान सिंहसँग साथी सुजिव बज्राचार्यसँगै डाक्टरको भेषमा गई अन्तर्वार्ता लिनुभएको थियो । जुन धेरै चर्चित भएको थियो । स्व मानन्धरको ‘नेपालभाषा आन्दोलन’, ‘नेपाल संवत् आन्दोलन’, नेवाः संस्कृतिका साथसाथै विविध विषयमा नेपालभाषा र नेपालीमा लेख रचना प्रकाशित छ ।
उनले गोरखापत्र, कान्तिपुर, नेपाल समाचारपत्र, रातोपाटी, सेतोपाटी, नागरिक दैनिकमा स्तम्भकारका रूपमा समेत लेख रचना लेख्नुका साथै जनआस्थालगायत विविध नेपालभाषाका पत्रपत्रिकामा व्यङ्ग्यकारका रूपमा समेत लेख लेख्दै आउनुभएको थियो । स्व मानन्धरको ‘थौं घन्टाघरं जिके ई न्यनाच्वन’(आधुनिक कविता सङ्ग्रह), ‘पद्मरत्न तुलाधर’ (नेपाल भाषाका अग्रजका साथसाथै मानव अधिकारवादी पद्मरत्न तुलाधरको जीवनी) प्रकाशित भएको छ ।
साथसाथै उनको सोधपत्र ‘२०४६ साल जनआन्दोलनय् विश्वभूमि न्हिपौया भूमिका’ समेत प्रकाशित छ । उहाँले डा अजयक्रान्ति शाक्य र सन्ध्या बज्राचार्यसँग मिलेर ‘इन्द्रजात्रा’/‘येँयाः’ पुस्तकसमेत लेखेका छन् । स्व मानन्धरको भोलि (बुधबार) बिहान काठमाडौँ इन्द्रयणी घाटमा अत्यष्टि गरिने जानकारी परिवारले दिएको छ । विसं २०२३ कात्तिकमा जन्मनुभएका मानन्धरका श्रीमती र दुई छोरा छन् ।














यस्तो छ आज तरकारिकाे मूल्य
राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि
भाषा आयोगका सदस्य सुरेश मानन्धरको निधन
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
हर्क साम्पाङको माग: सरकारको नेतृत्व बालेन हाेइन रविले गर्दा राम्रो !
जेनजी आन्दोलनकाे प्रतिवेदन बुझाएपछि आयोगले भन्याे – दोषीमाथि कारबाही सिफारिस गरेका छौँ
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
प्रतिक्रिया