पहिलो मात्रा भेरोसेल लगाएर गाउँ पुगेकाले स्थानीय तहमा नाम सम्पर्क गर्न मन्त्रालयको अनुरोध
पहिलो मात्रा करिब २ लाख ९० हजार जनाले लगाए

काठमाडौं । कोरोनाविरुद्धको भेरोसेल दोस्रो मात्राको खोप अभियान सञ्चालन भइरहेको छ । निषेधाज्ञाकैबीचमा उपत्यकामा खोप दिन सुरु गरिएको हो । वैशाख दुई गतेदेखि काठमाडौं, ४ गतेदेखि भक्तपुर र ६ गतेदेखि ललितपुरमा भेरोसेलको दोस्रो मात्रा दिन थालिएको छ ।
पहिलो मात्रा भेरोसेल खोप लगाएका धेरै जना निषेधाज्ञाअघि नै आफ्नो गाउँँ फर्किएका छन् । कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन उपत्यकामा नभएका व्यक्तिले तत्काल स्थानीय तहमा नाम टिपाउन स्वास्थ्य जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।
काठमाडौं बाहिर भएकाहरुले भेरोसेलको खोपको दोस्रो मात्रा लगाउनुपर्ने व्यक्तिहरुले आफ्नो स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत जिल्ला स्वस्थ्य कार्यालयहरूमा नाम र विवरण टिपाउन स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए ।
दोस्रो मात्रा खोप लगाउनेहरुको विवरणसहितको सूची तयार भएपछि प्रदेशको समन्वयमा खोप लगाउने मिति र स्थान तोकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । निषेधाज्ञाको समयमा अनावश्यक रुपमा पास खोज्दै हिँडडुल नगर्न समेत मन्त्रालयले आग्रह गरेको छ । भेरोसेल खोप पहिलो मात्रा लगाएको ८ देखि १२ हप्तामा दोस्रो मात्रा खोप लगाइसक्नु पर्ने बताईएको छ । यो खोप पहिलो मात्रा करिब २ लाख ९० हजार जनाले लगाएका थिए ।
















‘एमआरपी’ कार्यान्वयन गर्न खोज्दा वीरगञ्ज भन्सारको जाँचपास रोकियो
बाँकेको नरैनापुरमा आगलागी, १३ घरगोठ जलेर ध्वस्त
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
सभामुख अर्यालसँग चिनियाँ राजदूतको शिष्टचार भेट
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया