पहिलो मात्रा भेरोसेल लगाएर गाउँ पुगेकाले स्थानीय तहमा नाम सम्पर्क गर्न मन्त्रालयको अनुरोध
पहिलो मात्रा करिब २ लाख ९० हजार जनाले लगाए

काठमाडौं । कोरोनाविरुद्धको भेरोसेल दोस्रो मात्राको खोप अभियान सञ्चालन भइरहेको छ । निषेधाज्ञाकैबीचमा उपत्यकामा खोप दिन सुरु गरिएको हो । वैशाख दुई गतेदेखि काठमाडौं, ४ गतेदेखि भक्तपुर र ६ गतेदेखि ललितपुरमा भेरोसेलको दोस्रो मात्रा दिन थालिएको छ ।
पहिलो मात्रा भेरोसेल खोप लगाएका धेरै जना निषेधाज्ञाअघि नै आफ्नो गाउँँ फर्किएका छन् । कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन उपत्यकामा नभएका व्यक्तिले तत्काल स्थानीय तहमा नाम टिपाउन स्वास्थ्य जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।
काठमाडौं बाहिर भएकाहरुले भेरोसेलको खोपको दोस्रो मात्रा लगाउनुपर्ने व्यक्तिहरुले आफ्नो स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत जिल्ला स्वस्थ्य कार्यालयहरूमा नाम र विवरण टिपाउन स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए ।
दोस्रो मात्रा खोप लगाउनेहरुको विवरणसहितको सूची तयार भएपछि प्रदेशको समन्वयमा खोप लगाउने मिति र स्थान तोकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । निषेधाज्ञाको समयमा अनावश्यक रुपमा पास खोज्दै हिँडडुल नगर्न समेत मन्त्रालयले आग्रह गरेको छ । भेरोसेल खोप पहिलो मात्रा लगाएको ८ देखि १२ हप्तामा दोस्रो मात्रा खोप लगाइसक्नु पर्ने बताईएको छ । यो खोप पहिलो मात्रा करिब २ लाख ९० हजार जनाले लगाएका थिए ।










निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
नेपाल क्रिकेटलाई रंगीन बनाउँदै जस्मिन पेन्ट्स
लुम्बिनी लायन्ससँग जोडियो नेपाटप
अग्नि समूहको ३५ वर्ष : व्यवसायसँगै समाजलाई पनि उन्नत बनाउने प्रतिबद्धता
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
प्रतिक्रिया