सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा

काठमाडाैं । प्रणव मानन्धर र दर्शिल श्रेष्ठ १२ औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा प्रणवले उगेन शेर्पालाई ६–१ र ६–० तथा दर्शिलले प्रितम परियारलाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गरे ।
सोही स्पर्धामा प्रदीप खड्काले डानियल बाँस्तोलालाई ६–० र ६–०, राजवीर प्रधानले निजेज महर्जनलाई ६–२ र ६–२, आयुशमान हजुर घलेले बोरिस अधिकारीलाई ६–१ र ६–१, सक्षमविक्रम शाहले अभिनव आचार्यलाई ६–२ र ६–१ तथा प्रणव खनालले निसान श्रेष्ठलाई ७–५ र ६–१ को सोझो सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । निहालजंगबहादुर थापाले पनि प्रतिद्वन्द्वी साङ्गे छोजन रोकायाबाट वाकओभर पाउदै क्वाटरफाइनलमा स्थान बनाए ।
पुरुष डबल्समा प्रणव खनाल÷आयुशमान हजुर घलेको जोडीले निजेज महर्जन र ओजेज महर्जनको जोडीलाई ६–१ र ६–०, राजवीर प्रधान/उगेन शेर्पाको जोडीले अभिनव आचार्य/सक्षमविक्रम शाहको जोडीलाई ६–२ र ६–१, प्रदीप खड्का/प्रितम परियारको जोडीले दर्शिल श्रेष्ठ/साश्वत वज्राचार्यको जोडीलाई ६–१ र ६–३ तथा निहालजंगबहादुर थापा/प्रणव मानन्धरको जोडीले निसान श्रेष्ठ/दावा शेर्पाको जोडीलाई ६–२ र ६–३ को सोझो सेटमा पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भएको भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा पवित्रजंग रायमाझीले कर्मा घलेलाई ६–७, ६–१ र ११–९ तथा कमल थापाले पदम गुरुङलाई ६–० र ६–३ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे ।
सोही स्पर्धाको पुरुष डबल्समा दीपक श्रेष्ठ/ज्ञानेन्द्रमान ताम्राकारको जोडीले कर्मा टासी/जेरुम इदुको जोडीलाई ६–४, ०–६ र १७–१५ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरे ।
सिटिजन्स बैंकको मुख्य प्रायोजन तथा काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा रोहित सुनुवार/महेश श्रेष्ठ, नवाङ लामा/राजेन्द्र भाटिया, सुक्मान तामाङ/अन्जनमानसिंह बानियाँ तथा अमित गुरुङ/देव क्षेत्रीको जोडीले सेमिफाइनलमा स्थान बनाए ।
भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा चन्द्र शाही/सोभितमान श्रेष्ठ, रमेश रोक्का/प्रेमप्रकाश थापा, सागर केसी/निराजनकुमार श्रेष्ठ, धरमसिंह लामिछाने/समिर शेरचन, धर्म शाही/आशिष सिग्देल, सुनिल गुरुङ/नवाङ लामा, राजु राई/बाबुकृष्ण कार्की तथा मनु त्रिपाठी÷पृथ्वीमान गुरुङको जोडी क्वाटरफाइनलमा पुगे ।
















चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित
प्रतिक्रिया