बाँकेमा थप १२ कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । बाँकेका अस्पतालमा भर्ना भएका थप १२ कोरोना भाइरस (कोभिड–१९)का संक्रमितको निधन भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा ७ जना र कोहलपुरस्थित शिक्षण अस्पतालमा ५ जना गरी १२ जनाको निधन भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुने १२ जनामध्येमा ७ जना बाँकेका रहेका छन् । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत सल्यान कालीमाटी गाउँपालिका २ निवासी ३४ वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका १३ का ६३ वर्षीया महिला, खजुरा गाउँपालिका ७ का ४८ वर्षीय पुरुष, कैलाली लम्की चुहा नगरपालिका ३ का ६७ वर्षीय पुरुष, खजुरा गाउँपालिका ३ का ६७ वर्षीय पुरुष, सल्यान कपुरकोट गाउँपालिका ४ का ४४ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका ४ बाँके निवासी ४३ वर्षीया महिलाको गए राति निधन भएको हो ।
यसैगरी कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कैलाली घोडाघोडी नगरपालिका १० निवासी ४० वर्षीया महिला, बर्दिया गुलरिया नगरपालिका ६ निवासी ५५ वर्षीया महिला, राप्तीसोनारी गाउँपालिका ३ निवासी ३३ वर्षीय पुरुष, राप्तीसोनारी गाउँपालिका ८ बाँके निवासी ५५ वर्षीया महिला र बैजनाथ गाउँपालिका ६ बाँके निवासी २५ वर्षीय पुरुषको पनि गए राति मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोनाबाट दुई सय ६७ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा दुई सय २२ जनाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए ।










सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण
न्युयोर्कका नवनिर्वाचित मेयर मम्दानीलाई भेट्दै ट्रम्प
अनलाइन ठगीबाट जोगिन प्रहरीको सात बुँदे अनुरोध
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, ताेलामा कति ?
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया