संयुक्त राष्ट्रसंघ र साझेदारहरूद्वारा सहायता जुटाउन आह्वान

काठमाडौँ । नेपालस्थित संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूद्वारा आपत्कालीन कोभिड–१९ योजना जारी गर्दै नेपालका सबैभन्दा सङ्कटासन्न व्यक्ति तथा समुदायका लागि जीवनरक्षक सहायता जुटाउन अन्तर्राष्ट्रिय ऐक्यबद्धताका लागि आह्वान गरिएको छ ।
कोभिड–१९ महामारीका बीच नेपाल ज्यादै जटिल अवस्थामा पुगेको परिप्रेक्षमा संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरुले आज नेपाल कोभिड–१९ प्रतिकार्य योजना जारी गर्दै महामारीबाट प्रभावित सबैभन्दा सङ्कटासन्न सात लाख ५० हजार जनालाई आगामी तीन महिनासम्म सहयोग गर्न एउटा आपत्कालीन प्रतिकार्य योजना परिचालनका निम्ति आठ करोड ३७ लाख अमेरिकी डलर बराबरको सहयोगका लागि आह्वान गरिएको हो ।
नेपाल सरकारको प्रतिकार्य प्रयासहरुलाई बल पुर्याउन आवश्यक सहयोगका महत्वपूर्ण क्षेत्रहरु समावेश गरिएको उक्त योजनालाई ‘नेपाल ह्यूमानिटेरियन कन्ट्रीटीम’ र नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट अनुमोदित भइसकेको नेपालस्थित राष्ट्रसङ्घीय आवासीय संयोजकको कार्यालयले जनाएको छ । नेपालस्थित राष्ट्रसङ्घीय आवासीय संयोजक सारा बेयसोलो न्यान्तीले आज एक वक्तव्य जारी गर्दै ‘अहिलेको प्रकोपले स्वास्थ्य क्षेत्रमा मात्र नभई सबै क्षेत्रमाथि विनाशकारी प्रभाव पारिरहेको छ र त्यसबाट नेपाली समाजका सबैभन्दा गरिब तथा सीमान्तकृत व्यक्तिहरु बढी प्रभावित हुन पुगेका छन् ।
आज हामीले जारी गरेको कोभिड–१९ प्रतिकार्य योजनाले आज, भोलि र आउँदा केही कठिन हप्तामा जीवन बचाउन र अनावश्यक पीडा निवारण गर्न अति आवश्यक तत्काल चालिनुपर्ने कदम र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आह्वान गर्दछ । हामीले समय खेर फाल्नसक्दैनौँ’ भनेका छन् । रासस

















भक्तपुरमा आजैदेखि मतगणना गरिने
काठमाडौं क्षेत्र नं ३ मा ९ बजे सर्वदलीय बैठकपछि मतगणना गर्ने तयारी
अमेरिकी आधारहरूमा आक्रमण बढाउँदै इरान
Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा अस्थायी मतदान केन्द्र
जतिसक्दो छिटो बहराइन, जोर्डन र इराक छाड्न आफ्ना नागरिकलाई अमेरिकाको निर्देशन
प्रतिक्रिया