स्वास्थ्य सामग्री महङ्गोमा बिक्री गर्ने मेडिकल सिल
मेरोन्यूज
२०७८ जेठ ८ गते ८:०७

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा बजारमा मूल्यभन्दा दोब्बरमा स्वास्थ्य सामग्री बेचेको आरोपमा एक मेडिकल सिल गरिएको छ । शुक्रबार जिल्ला प्रशसन कार्यलय मकवानपुरले गरेको अनुगमनमा मेडिकलले अक्सिमिटर बजार मूल्यभन्दा निकै महङ्गोमा बिक्री गरेको जनाउँदै राप्तीरोडमा रहेको ‘सान्वी मेडिको’ मेडिकल सिल गरेको हो ।
साथै मेडिकलका स्वास्थ्यकर्मी हेटौंडा–७ की २५ वर्षीया नीशा आचार्य र हेटौंडा–९ की १८ वर्षीया मनिता मल्ललाई नियन्त्रणमा लिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा सहित उपभोक्ता हित तथा संरक्षण मञ्च सहितको टोलीले अनुगमन गरेको थियो । सिल गरिएको मेडिकललाई कालोबजारी अन्तर्गतको मुद्दा चलाइने जनाइएको छ । उनीहरुलाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको छ । रासस
सम्बन्धित















घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया