आइतबार, चैत ८, २०८२

संविधान रक्षाका लागि एकजुट हुन देउवाको आह्वान

गणतन्त्र, संविधानको रक्षा गर्न राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक तथा अलोकतान्त्रिक कार्यका विरूद्ध राजनीतिक र न्यायीक लडाइँ लड्ने

मेरोन्यूज २०७८ जेठ ८ गते १३:१३

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको रक्षाका लागि एकजुट हुन सवैलाई आह्रवान गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सिद्ध गरेर दावी गरेको आफनो दावीलाई नियुक्तिको आधार नदेखाई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्कोपटक बहुमत देखाउन नसक्ने स्वयम घोषणा गरी सकेका ओलीलाई प्रधानमन्त्री नियुक्त गरेर संविधानमाथी नै प्रहार गरेको बताएका छन् ।

काग्रेस पदाधिकारीहरुसँगको छलफल पछि देउवाले शनिवार जारी गरेको विज्ञेप्तीमा संविधानको रक्षाका लागि सवै शक्तिलाई एकजुट हुन अपिल गरेका हुन् ।

‘मैले प्रतिनिधि सभामा तत्काल कायम रहेका सदस्य संख्याको स्पष्ट बहुमतसहित १४९ जना सांसदहरूको हस्ताक्षरसहित तत्काल प्रधानमन्त्रीमा नियषुक्त गर्नुपर्नेमा त्यसलाई इन्कार गर्नुभयो। बरू एकपटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्कोपटक बहुमत देखाउन नसक्ने स्वयम घोषणा गरी सकेका माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम गरिन्,’ देउवाले विज्ञेप्तीमा भनेका छन् ।

ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने प्रष्ट अवस्था हुँदाहुँदै त्यस्तो गैरसंवैधानिक दाबीलाई स्वीकार गरी पुन उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक र अनैतिक भएको देउवाको भनाई छ ।

हेर्नुहोस वक्तब्य

प्रतिक्रिया