राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका दुई सल्लाहकारले समय अगावै राजीनामा दिएका छन् । सरकारको आयू सकिने बेलामा मुख्य सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायणले एकसाथ राजीनामा बुझाएका हुन् ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठनको गृहकार्यसँगै प्रधानमन्त्री सुशीला कार्कीले बहिर्गमनकाे दिन एक हप्ता पनि बढी छैन । उनी निस्कँदा उनका सल्लाहकारहरू पनि स्वत पदमुक्त हुनेथिए ।
तर एक एक हप्ता पनि धैर्य नगरी राजीनामा दिनुमा उनिहरुकाे असन्तुस्टी रहेकाे सहजै अनुमान लगाउन सकिन्छ । दुइ जनाले राष्ट्रिय सभामा मनोनयनका लागि मन्त्रीपरिषदबाट आफुहरु दुई मध्ये एक जनाकाे नाम सिफारिस गर्न प्रधानमन्त्री कार्कीलाइ दवाव दिएकाे बालुवाटार निकट स्राेतले दाबी गर्यो ।
तर कार्कीले गत चैत १ गते मन्त्रिपरिषद बैठकले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि सिफारिस गर्ने निर्णय गराइन् । यसबाट असन्तुष्ट भएर सल्लाहकारद्वयले राजीनामा दिएको बालुवाटार निकट स्राेतले दाबी गर्यो ।
साेही दिनकाे मन्त्रीपरिषद बैठकबाट प्रधानमन्त्री कार्कीले स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकी थिइन् ।
यसरी प्रधानमन्त्री कार्कीले अर्याल र कार्की दुई जनालाइ मात्रै काखी च्यापेकाे र आफुहरुकाे नयाँ व्यवस्थापन नगरिदिएकाे उनीहरुकाे गुनासाे छ ।
त्यसाे त प्रधानमन्त्री कार्कीले दिएकाे हालै एक अन्तरवार्तामा आफुलाइ सचिवालयका आदर्श श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावलले काम गर्दा खास गुन लगाएकाे जवाफ दिएकी थिइन् । जसबाट प्रधानमन्त्री कार्कीलाई अजयभद्र खनाल र गोविन्द नारायणले कार्यसञ्चालनमा खास याेगदान नगरेकाे रुपमा समेत अर्थ लगाइएकाे छ ।
अजयभद्र खनाल र गोविन्द नारायणले भने आफुहरु पद बार्गेनिङका लागि नभई प्रधानमन्त्री कार्कीको एकलकाटे स्वभाव र पछिल्ला विवादित नियुक्तिका कारण राजीनामा दिएको निकटस्थसंग बताउने गरेका छन् । धेरै समयअघि देखि नै खनालले प्रधानमन्त्री कार्कीसँगको आउजाउ कम गरेको बताइन्छ।
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया