शुक्रबार, वैशाख २५, २०८३

बादललाई हराएका देवकोटा भन्छन्-‘चुनावबाट पछि हट्न मलाई फकाए र थर्काए’

मेरोन्यूज २०७८ जेठ ९ गते १३:५५

काठमाडौं । राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले व्यक्तिगत रुपमा चुनावबाट पछि हट्न आफूलाई धेरै जनाले फकाएको र थर्काएको बताएका छन् ।

Advertisement
NiccNicc

समयक्रममा आवश्यकता परेमा फर्काउने र थर्काउनेको नाम भन्दै जाने बताउदै उनले कसैको आवाजको रेकर्ड नै राखेको बताए । राष्ट्रियसभाको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई पराजित गरेका देवकोटाले सामाजिक सञ्जालमा लेख्दै आफू विचलित भएको भए आफ्नो मात्र नभई आफूजस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको इज्जत प्रतिष्ठा जाने थियो भन्दै उनले आफू अडिग रहेको बताए ।

लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामीजस्ताबाट केही सिक्दा राम्रै हुने भन्दै उनले भनेका छन्, “बोलेपछि, सही गरेपछि, वचनवद्ध भएपछि पुरा गर्नुपर्दछ । भागेर, लुकेर, जालसाझी गरेर केही समय त टिकिएला । तर वुझन जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ । निष्ठा र ईमान्दारिताको राजनीतिबाट भागेर नहिडौ । बोली र ईमानमा कटिवद्ध होऔ ।”

प्रतिक्रिया