बादललाई हराएका देवकोटा भन्छन्-‘चुनावबाट पछि हट्न मलाई फकाए र थर्काए’

काठमाडौं । राष्ट्रियसभा सदस्य डा. खिमलाल देवकोटाले व्यक्तिगत रुपमा चुनावबाट पछि हट्न आफूलाई धेरै जनाले फकाएको र थर्काएको बताएका छन् ।
समयक्रममा आवश्यकता परेमा फर्काउने र थर्काउनेको नाम भन्दै जाने बताउदै उनले कसैको आवाजको रेकर्ड नै राखेको बताए । राष्ट्रियसभाको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई पराजित गरेका देवकोटाले सामाजिक सञ्जालमा लेख्दै आफू विचलित भएको भए आफ्नो मात्र नभई आफूजस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको इज्जत प्रतिष्ठा जाने थियो भन्दै उनले आफू अडिग रहेको बताए ।
लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामीजस्ताबाट केही सिक्दा राम्रै हुने भन्दै उनले भनेका छन्, “बोलेपछि, सही गरेपछि, वचनवद्ध भएपछि पुरा गर्नुपर्दछ । भागेर, लुकेर, जालसाझी गरेर केही समय त टिकिएला । तर वुझन जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ । निष्ठा र ईमान्दारिताको राजनीतिबाट भागेर नहिडौ । बोली र ईमानमा कटिवद्ध होऔ ।”











एनपीएलमा आज दुई खेल : पहिलो खेलमा चितवन र कर्णाली भिड्दै
आजका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
एनपिएलको तयारी पूरा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिक्रिया