आजको राशिफल : ज्येष्ठ १० गते सोमबार

काठमाडौं ।आज २०७८ साल ज्येष्ठ महिनाको १० गते सोमबार, वैशाख शुक्लपक्षको त्रयोदशी तिथि । आज सोम प्रदोषव्रत रहेको छ । अब लागौं आजको राशिफलतर्फ ।
मेष
आफ्नो जीवनसाथि एक आपसमा शंकाको दृष्टिले हेर्ने छन् । यसले गर्दा दाम्पत्य जीवनमा कटुता आउने छ । स–साना विषयले पनि ठुलो समस्या निम्त्याउने छ । औसतमा बोलीको प्रभाव बढ्ने भएता पनि कतिपय अवस्थामा बोलीमा कडापन देखा पर्ने छ । पेशागत जीवनमा अवस्था सामान्य रहने र आम्दानीमा पनि केही बृद्धि हुन जाने छ । ठेक्कापट्टा, निर्माण ब्यवसाय, श्रम क्षेत्र, मासुको ब्यापार, छालाजन्य उद्योग, कलकारखाना, उत्पादन, गर्नेहरुलाई फाइदा मिल्ने छ ।
वृष
यो गरौ कि, त्यो गरौ मनमा कुरा खेल्दा निर्णय क्षमतामा ह्रास आउने छ । मनमा असाध्यै दुविधा आउने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्ने छ । बोलीमा भने अत्याधिक कडापन आउने भएकाले यसबारेमा संयमित रहने प्रयास गर्नुहोला । दृढ र आत्माबलले भरिएको ब्यक्तित्व हुने भएकाले समस्याहरुसँग जुध्न सक्ने क्षमता पनि आउने छ । भाग्यको बलियो साथ रहेकाले समय अनुकुल बन्ने छ । आम्दानी सन्तोषजनक अवस्थामा नै रहने छ । ढुवानी ब्यवसाय, कल कारखाना, मेकानिकल इन्जिनियरिङ्ग, ढुवानीका सवारीसाधन, फोहर ब्यवस्थापन जस्ता क्षेत्रमा कार्यरतहरुलाई समय सकारात्मक नै छ ।
मिथुन
चतुर बुद्धि हुने छ तर बढेको चतु¥याई गलत ठाउँमा प्रयोग हुने भएकाले यसबारेमा ध्यान दिनु होला । अध्ययन अध्यापनमा मन लाग्ने छ । आत्माबलको कमि हुने हुने हुनाले भित्रि हृदयमा डर लागे जस्तो हुने छ । पेशागत जीवन स्थिर रहेता पनि भाग्यको साथ निकै कम रहेकाले उच्च सतर्कताको चाँही आवश्यकता पर्दछ । पितासँग सम्बन्धमा कटुता आउने छ । पत्रकारिता, बाचन पेशा, कार्यक्रम सञ्चालक, अध्ययन, अध्यापन, शिक्षण, प्रशिक्षक, स्टेशनरी पसल जस्ता पेशामा आवद्धहरुलाई समय अनुकुल रहेको छ ।
कर्कट
सोचका विषयमा दुविधा नभई एकोहोरो केन्द्रित हुने बानी बन्ने छ । मनमा दृढता आउने छ । मनमा सुख शान्तिको बलियो आभाष हुने छ । पेशागत जीवनमा भने अस्थिरता आउने र द्वन्द चर्किने छ । यस्तो अवस्थामा कतिपय बेला भौतिक रुपमा झैझगडा समेत हुने भएकाले संयमता अपनाउनु होला । आफू पनि आक्रोशित नबन्नु होला र अरु आक्रोशित भएमा पनि संयममा रहने प्रयास गर्नुहोला । भाग्यको साथ नरहेकाले कठिनाईको सामना गर्नु पर्ने छ । होटल, रेष्टुरेण्ट, घर जग्गाको कारोवार, सुरक्षा निकाय, खेल क्षेत्रमा कार्यरतलाई समय प्रतिकुल छ ।
सिंह
आफूले राम्रो बोल्न खोज्दा पनि अरुले अलि नकारात्मक बुझ्ने छन् । खासगरी परिवारका सदस्यहरुमा यस्तो हुन जाने भएकाले विचार गर्नु होला । पेशागत जीवनमा स्थिरता हुने छ । आम्दानीमा बृद्धि हुने छ । बोलीको प्रभावका कारण पेशा, कार्यालय, ब्यवसायमा गति पैदा हुने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्ने छ । प्रतिष्पर्धात्मक क्षमता हुने भएकाले जुधेर भए पनि लक्ष्य अनुसारका काम अघि बढाउने क्षमता आउने छ ।सेना, सुरक्षा फौज, आँटिला काम, घर घडेरी, ठेक्का पट्टा, शारीरिक रुपमा काम गर्ने पेशामा आवद्धहरुलाई फाइदा मिल्ने छ ।
कन्या
आफ्नो बोलीका कारण फाइदा मिल्ने छ । बोलीमा निकै मधुरता आउने छ । परिवारमा शान्ति आउने छ । सितल स्वाभाव हुने भएकाले अरुको मन जित्न सकिने छ । कमाइमा भएको बृद्धिले सन्तोष प्राप्त हुने छ । दाम्पत्य जीवनमा झैझगडा र द्वन्द देखा पर्ने छ । शैक्षिक क्षेत्रमा सक्रियहरु बादबिबादमा फस्ने अवस्था आउने छ । साझेदारीमा गरिएका कामहरुमा द्वन्द निम्तिने छ । वाणिज्य, पत्रकारिता, ब्यवस्थापन, ब्यापार क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ ।
तुला
पेशागत जीवनमा सफलता मिल्ने छ । पेशागत सफलतामा धेरै फुकलित भने हुने समय छैन् । साझेदारीमा गरिएका काममा गम्भीरखाले समस्या आउने छ । अध्ययन अध्यापनमा आंशिक मन जाने छ । भाग्यको साथ कम रहनाले हुन हुन खोजका कामहरुमा नसोचिएका समस्या देखा परेर अड्किने छ । कमाई भएको आम्दानी गलत ठाउँमा फस्ने खतरा रहेकाले संयमित रहनु होला । शेयर बजार सकारात्मक छैन् ।
वृश्चिक
भविष्यको विषयलाई लिएर मन उदास हुन जाने छ । मनमा दुविधा आउने छ । चिन्ता धेरै बढ्ने छ । दाम्पत्य जीवनमा औसत शुभ नै देखिएता पनि कतिपय विषयमा दृष्टिकोण मिल्ने छैन् । साझेदारीमा गरिएका कामले नतिजा दिने छ । मनोबलको कमि हुने भएकाले देखिएका समस्यासँग जुध्न शक्ति प्राप्त हुने छैन् । शारीरिक थकान अत्याधिक धेरै आउने छ ।
धनु
बोलीमा अत्याधिक कटुता यानेकी टर्राे हुन जाने छ । लिइएका लक्ष्य प्राप्त हुने छैन् । आम्दानीमा कमि आउने छ । पैतृक सम्पत्तिबाट भने फाइदा मिल्ने छ । मनमा मोक्षकारक विचारको मात्रा अत्याधि बढ्ने छ । साझेदारीमा गरिएका काममा संकट आउने र द्वन्द आउने छ । जीवनसाथिको सल्लाह लिएर काम गरेमा केही सफलता मिल्ने छ । बोलीको प्रभावका कारण शत्रु बढ्न जाने भएकाले बोलीलाई संयमित राख्ने प्रयास गर्नुहोला ।
मकर
प्रतिष्पर्धात्मक स्वाभाव हुने छ । दृढ खाले ब्यक्तित्व हुने छ । साझेदारीमा गरिएका कामहरु स्थिर हुने छन् । जीवनसाथिको सहयोगमा काम गरेमा वा सल्लाहमा काम गरेमा पेशागत जीवनमा लाभ मिल्न छ । ब्यवसाय राम्रो हुने छ । मदिरा, ओषधी, अस्पतालका सामान आपूर्ति, आयात निर्यात, पानी, पेय पदार्थ, दुध जस्तो क्षेत्रको ब्यापर ब्यवसायमा संलग्नहरुलाई लाभ मिल्ने छ ।
कुम्भ
पेशागत विषयलाई लिएर मनमा केही निराशाको भाव आउने छ । मनमा द्वन्दात्मक विचार आइरहने छ, अन्योलताले गाँज्ने छ । सुख, सन्तोषको आभाष हुने छैन् । महिलाले प्रयोग गर्ने सामान, सूचना प्रविधि, सुरक्षा निकाय, सजावटका सामान, खेल जगत आदीमा संलग्न ब्यक्तिहरुलाई सकारात्मक लाभ मिल्ने छ । बौद्धिक क्षेत्रमा प्रगति हुने छ । ज्ञान, विवेक, करुणा, वृहत्तर सोचाई तथा दार्शनिक सोचाई आउने छ ।
मीन
मन उदास हुने छ । उदासिनताका कारण उत्साह उमङ्गको कमि हुने छ । मनमा दृढताको कमि हुने भएकाले निर्णय क्षमतामा गिरावट आउने छ । भाग्यको साथ रहेकाले मनोबल उच्च हुने छ । घर घडेरी जोर्ने वा त्यसका विषयमा प्रगति हुने छ । पैतृक सम्पत्ति परिचालन गर्ने विषयमा परिवारको सदस्यबीच सहमति वा एक मत हुने छ । मेहनत र पराक्रमी स्वाभाव हुने छ । ज्ञान विज्ञान, स्टेसनरी, प्रकाशन गृह, शैक्षिक क्षेत्र अध्ययन, अध्यापन आदीमा सहभागिहरुलाई समय प्रतिकुल छ । धन सम्पत्ति नोक्सान हुने समय चलिरहेकाले सतर्क रहनु होला ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया