किन बढ्दै छ, कोरोनाका बिरामीमा कालो ढुसीको समस्या ?

बिबिसी । कोभिड उपचारको ६ साताभित्र बिरामीहरूलाई ‘ब्ल्याक फंगस’को उच्च जोखिम हुने अल इन्डिया मेडिकल इस्न्टिच्युटका
विशेषज्ञ हरुले बताएका छन् ।
एम्स अस्पतालका न्युरो सर्जरीका प्राध्यापक डा. पी शरत्चन्द्रले भने, “‘फंगल’ संक्रमण कुनै नयाँ समस्या होइन । संक्रमणका धेरै कारणहरू हुनसक्छन् । सबभन्दा महत्वपूर्ण कारणमध्ये एक मधुमेहको नियन्त्रण हुन नसक्नु, रोगीलाई भेन्टिलेसनमा राखी पूरक अक्सिजन दिँदा यो संक्रमण हुनसक्छ । कोभिड उपचारको ६ हप्ताभित्रमा मानिसलाई यी कुनै पनि कारण कालो फंगसको उच्च जोखिम रहने गर्छ ।”
सिलिन्डरबाट चिसो चिसो अक्सिजन दिँदा यसले बिरामीहरूमा चिसोका कारण पैदा हुने ब्ल्याक फंगसजस्ता समस्या निम्त्याउने खतरा हुन सक्ने उनको भनाई छ ।
भारतका विभिन्न भागहरूमा ‘कालो ढुसी’ संक्रमण हालसम्म भारतका ९,००० जनामा देखिएको छ । कोभिडबाट निको भएको १२ देखि १८ दिनमा ढुसीबाट सङ्क्रमण हुन सक्ने चिकित्सकहरूले बताएका छन्।
यो एक प्रकारको निकै विरल देखिने सङ्क्रमण हो। यो सामान्यतया माटो, बोटबिरुवा, मल र कुहिएका फलफूल तथा तरकारीमा हुने म्यूकोर भनिने ढुसीसँगको संसर्गबाट सर्छ।
नेपालमा पनि यो समस्या देखिन थालेको छ तर कतिमा देखियो यसको कुनै तथ्याकं भने छैन् ।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश जारी
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया