ओखलढुंगामा कोरोनाबाट पहिलो व्यक्तिको निधन
मेरोन्यूज
२०७८ जेठ १० गते १४:११
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ओखलढुंगामा पहिलो व्यक्तिको निधन भएको छ । निधन हुनेमा सिद्धिचरण नगरपालिका ११ की ५८ वर्षीय महिला रहेकी छन् ।
जिल्लामा कोरोनाबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन् । गत जेठ ७ गते कोरोना पुष्टि भएपछि ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत उनको आज निधन भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए ।
जिल्लाबाट बाहिर गएर बसेकाको यसअघि पनि कोरोना संक्रमणबाट मृत्यु भएको भए पनि जिल्लामा रहेका संक्रमितको यसअघि मृत्यु भएको थिएन ।
पछिल्लो तथ्यांकअनुसार देशभर ६ हजार ३४६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया