संक्रमितलाई औषधि वितरण गर्दै कैलारी गाउँपालिका

कैलाली । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाको संक्रमण बढ्न थालेपछि कैलालीको कैलारी गाउँपालिकाले गाउँ–गाउँ पुगेर होम आइसोलेसनमा बसिरहेका संक्रमितहरूलाई औषधि वितरण गरिरहेको छ । संक्रमण बढेपछि गाउँपालिकाले गाउँ–गाउँमा स्वास्थ्यकर्मी खटाएर संक्रमितलाई लक्षण अनुसार विभिन्न औषधि निःशुल्क रूपमा प्रदान गर्दै आएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी बताए ।
“स्वास्थ्यकर्मीसँगै हामीले जनप्रतिनिधिलाई पनि पठाउने गरेका छौ,” चौधरीले भने । संक्रमण देखिएकाहरू बाहेक कोरोनाका लक्षण देखिएका बिरामीहरू पनि स्थानीय मेडिकलमा टाइफाइड भन्दै औषधि लिन जान थालेपछि अझै चिन्ता थपिएको उनको भनाइ छ । चौधरीले भने, “अहिले ‘गाउँपालिकाले औषधि दिन थालेपछि बिरामीहरू स्थानीय मेडिकलमा जाने र जथाभाबी एन्टिबायोटिक औषधि लिएर खाने क्रम धेरै हदसम्म घटेको छ ।”
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जथाभावी औषधि किनेर नखान आग्रह गरिएको बताउँदै पहिले कोरोना परीक्षण गरेर मात्रै अन्य उपचार गर्नु पर्छ भनेर सम्झाउने गरेको बताए । गाउँपालिकाको कार्यालयले एन्टिजेन विधिबाट गाउँपालिकामै परीक्षण गर्नुका साथै पिसिआर परीक्षणका लागि हप्तामा दुई दिन स्वाब संकलन गर्दै आएको सापकोटाले जानकारी दिए । रासस
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया