कोरोना नियन्त्रण गर्न ३२ अर्ब ऋण लिँदै सरकार, २ अर्बको स्वास्थ्य सामाग्री सहयोगमा प्राप्त

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले देशमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट नियन्त्रण गर्न दातृ निकाय तथा मित्र राष्ट्रहरूबाट ठूलो सहायता प्राप्त भएको बताएका छन् । सोमबार पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् ।
पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले विभिन्न देशबाट करिब २ अर्ब रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग प्राप्त भइसकेको जानकारी दिए । उनका अनुसार सिंगापुरको सामाजिक संस्थाबाट २३ करोड, अमेरिकाबाट ४३ करोड, स्वीजरल्याण्डबाट ९७ करोड, स्पेनबाट १२ करोड, चीन सरकारबाट ७ करोड, बंगलादेशबाट ४ करोड र विभिन्न संघसंस्थाबाट जम्मा १३ करोड गरी करिब कूल २ अर्ब रुपैयाँ बराबर स्वास्थ्य सामाग्री सहायता प्राप्त भइसकेको छ ।
यस्तै, कोरोना नियन्त्रणका लागि हालसम्म आर्थिक सहायतअनुसार जर्मन सरकारको मातहतबाट १ अर्ब ४२ करोड, एशियाली विकास बैंकबाट ३६ करोड तथा विश्व बैंकबाट करिब २४ करोड सहायता भइसकेको मन्त्री त्रिपाठीले जानकारी दिए । यस्तै जापान सरकारले ३ अर्ब २० करोड बराबरको सहायता दिने घोषणासँगै करिब ५ अर्ब २२ करोडको आर्थिक सहायता प्राप्त हुने उनले जानकारी दिए ।
यसैगरि, कोरोना नियन्त्रण गर्न ऋण सहायताअन्र्तगत विश्व बैंकबाट ३ अर्ब ४८ करोडको सहायता कार्यन्वयन गर्ने काम भइरहेको र कोरोनाविरुद्धको खोप व्यवस्थापनका लागि ९ अर्बको ऋण सहायता पत्रमा हस्ताक्षर भई कार्यन्वयनको क्रममा रहेको मन्त्री त्रिपाठीले जानकारी दिए । यस्तै, कोभिड १९ खोप खरिदका लागि एशियाली विकास बैंकबाट थप १९ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने विषयमा छलफल भइरहेको उनले बताए । यसरी कोरोना नियन्त्रण गर्न कूल ३२ अर्ब ऋण सहायता परिचालन भएको उनले जानकारी दिए ।
मन्त्री त्रिपाठीले यसबाहेक केही संघसंस्थाले कोरोना नियन्त्रण गर्न आर्थिक तथा स्वास्थ्य सामाग्री सहयोग प्राप्त भइरहेको बताए ।

















बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया