बिहीबार, वैशाख ११, २०८२

देशभर १५७ वटा कोरोना विषेश अस्पताल सञ्चालन

मेरोन्यूज २०७८ जेठ १० गते १७:४१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को उपचार गर्न देशभर १५७ अस्पताल तोकेको जनाएको छ । कोभिड अस्पताल तोकिएका मध्ये उपत्यकामा १३ सरकारी अस्पताल रहेका छन् ।

यस्तै, ९ वटा निजी अस्पताल रहेको मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए । उनले भने, “वीर, पाटन, त्रिवि शिक्षणलगायत १३ सरकारी अस्पतालसहित स्टार, ओमलगायत ९ वटा निजी अस्पताल कोरोना विषेश अस्पतालका रुपमा तोकिएका छौँ ।”

उनका अनुसार खोप प्राप्त हुना साथ खोप तालिका सार्वजनिक गरिने समेत जानकारी दिए । खोप सल्लाहकार समितिले यसको विषयमा सुझाव दिने उनले बताए ।

प्रतिक्रिया