माधव-झलनाथसहित एमालेका ११ नेता निष्कासित

काठमाडौं । नेकपा (एमाले) ले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालसहित ११ जनालाई पार्टीबाट निष्कासित गरेकाे छ ।
स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपालसहित विघटित संसदका ११ जना सांसद्लाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेको हाे ।
पार्टीबाट निष्कासित हुनेमा उपाध्क्ष भीमबहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मी कुमारी चौधरी, कल्याणी खड्का रहेका छन् । खनाल, नेपाल र रावलबाहेक अन्य विघटित प्रतिनिधिसभाका समानुपातिकतर्फका सांसद हुन् ।
शनिबार बसेकाे स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपाल, खनाल, रावललगायत ११ जनालाई स्पष्टीकरण साेध्ने निर्णय गरेकाे थियाे । पार्टी संस्थापन पक्षले साेधेकाे स्पष्टीकरण उनीहरूले बहिस्कार गरेका थिए । उनीहरूलाई साेमबारसम्म स्पष्टीकरण पेश गर्न निर्देशन दिइएकाे थियाे ।


















कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
हावाहुरीबाट मधेस प्रदेश प्रभावित : सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
अध्ययन बिदामा गएका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी, फिर्ता गर्न थाले तलबभत्ता
३३ अंकले घट्यो सेयर बजार
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार
प्रतिक्रिया