आइतबार, मंसिर ३०, २०८१

देशभर एक वर्षको अवधिमा आइसीयू र भेन्टिलेटर ९७७ थप

मेरोन्यूज २०७८ जेठ ११ गते ८:२६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीका समयमा एक वर्षको अवधिमा आइसीयू र भेन्टिलेटर ९७७ वटा वेड थपिएको जनाएको छ । मन्त्रालयका अनुसार २०७७ साल वैशाखमा ३२७ वटा मात्र भेन्टिलेटर रहेकोमा ५७७ थपेर हाल ९०४ वटा पुगेको छ। अन्य थप गर्ने प्रक्रियामा रहेको मन्त्रालयका सचिव लक्षण अर्यालले जानकारी दिए ।

Advertisement

गतवर्षको वैशाखमा २ हजार ६०० आइसीयू बेड संख्या रहेको थियो भने पछिल्लो एक वर्षमा ४०० थप गरी ३ हजार पुर्‍याइएको सचिव अर्यालले बताए । ६३० वटा आइसीयू थप गर्ने प्रक्रिया पनि अघि बढाइएको उनले जानकारी दिए ।
उनले भने,“कारोना महामारीको समयमा आइसीयू, भेन्टिलेटर, एचडीयू, अक्सिजन प्लान्ट लगायतका मेसिन उपकरण तथा पूर्वाधार थप गरिएको छ ।”

मन्त्रालयका अनुसार २०७७ साल वैशाखमा ३२७ वटा मात्र भेन्टिलेटर रहेकोमा हाल ९०४ वटा पुगेको छ।

मन्त्रालयले एकवर्षमा ५७७ वटा भेन्टिलेटर थप गरेको दाबी गरेको छ। यस्तै १८० वटा भेन्टिलेटर थप गर्ने प्रक्रिया शुरू भइसकेको पनि मन्त्रालयले जनाएको छ। सरकारी अस्पतालहरूमा हाइडिपेन्डेन्सी युनिट (एचडीयु) बेड संख्या २ हजार ७५ र निजीमा ७७८ थप गरी सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। १ हजार ४०० आचडीयू थप गर्ने प्रक्रिया अगाडी बढेको छ।

यसैगरी, गतवर्षको वैशाखमा २ हजार ६०० आइसीयू बेड संख्या रहेकोमा एक वर्षमा ४०० थप गरी ३ हजार पुर्‍याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले ६३० वटा आइसीयू थप गर्ने प्रक्रिया पनि अघि बढाएको जनाएको छ।

यसैगरी, देशभर ३२ वटा अक्सिजन प्लाण्ट सञ्चालनमा रहेकोमा १९ वटा थप गर्ने तयारी मन्त्रालयले गरेको छ । लिक्विड अक्सिजन ट्यांक संख्या ३ वटा रहेकोमा २७ वटा थप गर्ने प्रक्रिया अगाडी बढाइएको मन्त्रालयले जनाएको छ।

एकवर्षको अवधिमा ९०० अक्सिजन कन्सनट्रेटर थप गरिएको र ५ हजार अक्सिजन सिलिण्डर थप गरिएको मन्त्रालयले जनाएको छ।

देशभरी सरकारी तथा निजी अस्पतालहरूमा कोभिड–१९ उपचारका लागि १५७ अस्पतालहरू सूचीकृत गरी सञ्चालनमा ल्याइएको छ।

प्रतिक्रिया