मोहन विक्रम सिंहलाई कोरोना पुष्टि, १९ दिनसम्म स्वास्थ्यमा सुधार हुन सकेन
मेरोन्यूज
२०७८ जेठ ११ गते १२:३०

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंहलाई कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । पार्टीका नेता तथा सांसद दुर्गा पौडेलका अनुसार उनलाई गत वैशाख २४ गते कोरोना पुष्टि भएको हो ।
कम्युनिष्ट आन्दोलनको हस्तीका रुपमा रहेका महामन्त्री सिंहलाई कोरोना पुुष्टि भएपछि धुम्बराहीस्थित ह्यास अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचारारत उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि गत ६ गते घर ल्याइएको नेता पौडेलले जानकारी दिइन् ।
‘कोरोना पुष्टि भएको १९ दिन भयो, ह्यास अस्पतालमा भर्ना गरी उपचार गरिए पनि स्थास्थ्यमा खासै सुधार हुन सकेन, त्यसपछि घरमा ल्याएका छौँ,’ नेता पौडेलले भनिन्, ‘उहाँको स्वास्थ्य अवस्था कमजोर भएकाले राम्रोसँग बोल्न सक्नु हुन्न, अहिले पनि कोरोना पोजेटिभ नै देखाएको छ ।’
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
प्रतिक्रिया