रुसी खोप भारतमा उत्पादन हुँदै
मेरोन्यूज
२०७८ जेठ १२ गते ७:४९

नयाँदिल्ली । कोरोना भाइरसविरुद्ध रुसले विकास गरेको खोप भारतमा उत्पादन हुने भएको छ । रुसले विकास गरेको ‘स्पुतनिक–भी’ खोप भारतीय कम्पनी पानासिया बायोटेकले रुसको प्रत्यक्ष लगानी कोष (आईडीआईएफ) सँगको सहकार्यमा उत्पादन गर्न लागेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
रुसका लागि भारतीय राजदूत बाला बैंकटेस बर्माले ‘स्पुतनिक–भी’ को उत्पादन आगामी अगस्टभित्रमा हुने बताएका सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त खोप वार्षिक १० करोड मात्रा उत्पादन हुनेछ । उत्पादनको पहिलो खेप खोप विकास संस्थालाई उपलब्ध गराउने सहमति पानासियाले गरेको छ । भारतले उक्त खोप प्रयोगका लागि गत अप्रिलमा अनुमति दिएको हो ।
सम्बन्धित
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
थापाथलीको सुकुमवासी बस्तीमा चल्यो डोजर, सामान सार्न सघाउँदै प्रहरी
प्रतिक्रिया